
१७ माघ, काठमाडौं । साइन्स फिक्सन वेब सिरिज ‘माई वाइफ इज एन एलियन’को ट्रेलर सार्वजनिक गरिएको छ । नमस्ते टाकिज र सिनेमा हबको ब्यानरमा निर्माण भएको वेब सिरिजलाई प्रज्ञा जोशीले प्रस्तुत गरेकी हुन् । सुमित सिंहको निर्देशनमा तयार भएको सिरिजका निर्माता दिनेश श्रेष्ठ हुन् ।
वेब सिरिजमा नीर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना बस्ताकोटी, तलिसा गुरुङ र आरजे सिंहको मुख्य भूमिका छ । यो सिरिजलाई सुमित सिंह र राजन महर्जनले लेखेका हुन् । आरजे सिंह कार्यकारी निर्माता रहेको सिरिजको छायांकन, सम्पादन र भीएफएक्स जोन राईले गरेका छन् ।
सिरिजमा विकास चौधरीको संगीत, निर्देशक सिंहकै कविता र गीत रचना छ । यो वेब सिरिजलाई पाँच भागमा तयार पारिएको छ ।
यही टिमको सहकार्यमा बन्न लागेको नयाँ चलचित्र ‘सुपर धने’को छायांकन भने आगामी वर्षको कात्तिकबाट शुरु गरिने जानकारी कार्यक्रममा दिइएको थियो । चलचित्रको कथाको काम भइरहेको र चाँडै कलाकार र अन्य टिम फाइनल गर्ने निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया 4