+
+

लुम्बिनीमा ६२ प्रतिशतले लगाए कोभिड विरुद्धको पूर्ण खोप

लुम्बिनी प्रदेशमा १८ वर्षमाथिका ६२ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १४:२५

१७ माघ, दाङ । लुम्बिनी प्रदेशमा १८ वर्षमाथिका ६२ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।

लुम्बिनी प्रदेशमा लक्षित जनसंख्यामध्ये ८४ प्रतिशतले खोपको पहिलो मात्रा र २९ प्रतिशतले खोपको थप मात्रा (बुस्टर डोज) लगाएका लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका अनुसार प्रदेशभर २४ लाख २६ हजार ६ सय ८० जनाले पूर्ण र ३२ लाख ७३ हजार ३ सय ३९ जनाले पहिलो मात्रा खोप र ४५ हजार ४ सय ५० जनाले थप कोभिड विरुद्धको खोप लगाएका छन् ।

प्रदेशमा १२ वर्षमाथिका बालबालिकाका लागि करिब ११ लाख चार हजार ३ सय ५२ खोप आवश्यक रहेको मन्त्रायले जनाएको छ । त्यसमध्ये प्रदेशका विभिन्न जिल्ला तथा प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रहरुमा १० लाख ८३ हजार ४ सय ७७ डोज भ्याक्सिन स्टक रहेको स्वास्थ्य निर्देशनालयका कोभिड फोकल पर्सन कौशलकुमार भण्डारीले बताए ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रदेशभर अभियान जारी रहेको बताए । उनले कोरोना भाइरसको संक्रमण दर बढ्दै भएको भन्दै सचेत हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?