+
+

सुकीविरुद्ध चुनावमा धाँधली गरेको नयाँ मुद्दा दर्ता

म्यानमारमा सत्तामा आएको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीविरुद्ध निर्वाचनमा धाँधली गरी जितेको भन्दै थप मुद्दा दर्ता गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १६:५४

१७ माघ, काठमाडौं । म्यानमारमा सत्तामा आएको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीविरुद्ध निर्वाचनमा धाँधली गरी जितेको भन्दै थप मुद्दा दर्ता गरेको छ ।

म्यानमारको सेनाले ‘कू’ गरेको एक वर्षपछि सुकीविरुद्ध नयाँ मुद्दा दर्ता गरेको हो। मुलुकको निर्वाचन आयोगलाई प्रभावमा पारी सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै उनीविरुद्ध मुद्दा दर्ता गरिएको स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।

सुकीविरुद्ध दर्ता गरिएको नयाँ मुद्दा ६ महिनाभित्र छिनोफानो हुने समेत स्रोतले जनाएको छ । उनीसँगै पूर्व राष्ट्रपति एवं नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का प्रभावशाली नेता विङ मिङ्टविरुद्ध समेत निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको छ ।

यसबाहेक, सेनाले ‘कू’ यता निर्वाचन आयोगका कैयौं वरिष्ठ सदस्यलाई एनएलडीलाई भारी बहुमतसहित जिताउन सघाएको भन्दै पक्राउ गरिसकेको छ । सेनाले गत वर्षको जुलाइमा धाँधलीका १ करोड भन्दा बढी घटना भएको भन्दै २०२० को निर्वाचन परिणाम रद्द गरेको थियो ।

गत वर्षको फेब्रुअरी १ गते भएको सैनिक ‘कू’पछि म्यानमारमा व्यापक विरोध प्रदर्शन भएको थियो । सेनाले निर्मम दमन गरेको उक्त प्रदर्शनका क्रममा झण्डै १५ सय सर्वसाधारणको ज्यान गएको बताइन्छ ।

सेनाले हाल हिरासतमा रहेकी सुकीमाथि विभिन्न आरोपमा मुद्दा दर्ता गरिसकेको छ । यदि उनी सबै आरोपमा दोषी ठहर भए १०० वर्षभन्दा बढी जेल जसाय हुन सक्ने समाचारमा उल्लेख छ ।

यसअघि उनलाई अवैध रुपमा वाकीटकी प्रयोग गरेको, सेनाविरुद्ध प्रदर्शन भड्काएको र कोभिड-१९ सम्बन्धी नियम पालना नगरेको मुद्दामा ६ वर्ष जेल सजाय सुनाइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?