+
+
Shares

स्थानीय निर्वाचनको मिति घोषणा गर्न एमालेको दबाव

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १७:२६
फाइल तस्वीर

१७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति छिटो घोषणा गर्न सरकारलाई दबाव दिएको छ ।

सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचन मिति छिटो घोषणा गर्नुपर्नेमा जोड दिएको हो । ‘स्थानीय निर्वाचन वैशाखको महिनाभित्र गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो सरकारले घोषणा गरोस् भन्ने हाम्रो कुरा हो’, बैठकपछि सचिव पद्मा अर्यालले भनिन्, ‘स्थानीय तहको निर्वाचनाका सम्बन्धमा पार्टीको स्थायी समितिको बैठकले आधिकारिक धारणा सार्वजनिक गर्छ ।’

महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रिय कार्यालय टिमको बैठकले पार्टीको जिल्ला अधिवेशन र भर्खरै सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको सम्बन्धमा समीक्षा गरेको सचिव अर्यालले जानकारी दिइन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?