+
+

सबा आजादसँग प्रेममा छन् ऋतिक रोशन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते ११:४९

१८ माघ, काठमाडौं । पत्नी सुजैनसँग डिभोर्स गरेको केही वर्षपछि बलिउडका ह्याण्डसम अभिनेता ऋतिक रोशनको प्रेम चर्चा शुरु भएको छ । उनी कलाकार सबा आजादसँग प्रेममा रहेको खबर भारतीय सञ्चारमाध्यममा गसिप बन्न थालेका छन् ।

कलाकार सबा आजादसँग ऋतिक केही समययता एकसाथ देखिन थालेपछि उनीहरुबीच प्रेम रहेको चर्चा चल्न थालेको हो । सबा आजादको हात समाउँदै ऋतिक केही दिन अगाडि मात्र डिनर डेटमा पुगेका थिए । यो तस्वीर र भिडियो भाइरल भएपछि मिडिया र फ्यानमा समेत उत्सुकता छाएको छ ।

तर सबाले सञ्चारकर्मीसँगको कुराकानीमा भने ऋतिकसँगको प्रेम सम्बन्धलाई अस्वीकार गरेकी छन् । भारतीय अनलाइन बलिउड हंगामाले भने उनीहरु प्रेममा रहेपनि यसलाई लुकाउन चाहिरहेको उल्लेख गरेको छ । ऋतिक आफ्नो व्यक्तिगत जीवनलाई मिडियामा ल्याउन चाहँदैनन् । यसैले पनि उनले यो विषयलाई गोप्य नै राख्न चाहेको दाबी गरिएको छ ।

सबा आजाद सोनी लिभबाट प्रसारण हुन लागेको सिरिज ‘रकेट ब्वाइज’मा देखिँदैछिन् । मिडियाले ऋतिकसँगको प्रेम चर्चालाई नै बढी केन्द्रमा राख्ने भएकाले सबा र सोनीले ‘रकेट ब्वाइज’को प्रमोसनमा नदेखिने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?