+
+

गर्भवती रिहानाले देखाइन् बेबी बम्प

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १४:०५

१८ माघ, काठमाडौं । विश्व चर्चित अमेरिकी गायिका रिहाना गर्भवती छिन् । रिहानाले न्युयोर्क सिटीमा सोमबार आफ्नो बेबी बम्प शो गरेकी छन् ।

३३ वर्षकी यी अविवाहित सुन्दरी केही वर्षदेखि रक्कीको प्रेममा छिन् । चर्चित अनलाइन डेली मेलका अनुसार रिहाना र उनका प्रेमी रक्की पहिलो बच्चाको प्रतीक्षा गरिरहेका छन् । जुन कुरा उनीहरुले सोमबार आफ्ना फ्यानलाई शेयर गरेका हुन् ।

उनका प्रेमीले रिहानाको निधारमा चुम्बन गरिरहेको तस्वीरमा देखिएको छ । रिहानाले गुलाबी रंगको कोट र जिन्स पहिरिएकी छन् । उनले लगाएको कोटको मूल्य ८ हजार डलर रहेको जनाइएको छ ।

रिहाना कुन महिनामा आमा बन्दैछिन् भन्ने खुलाइएको छैन । तर फोटो सार्वजनिक भएपछि रिहाना र रक्की सार्वजनिक कार्यक्रममा देखिन छाडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?