+
+

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १५:२७

१८ माघ, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक १९ दशमलव २९ अंकले बढेर दुई हजार ८९१ दशमलव ३३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ९८ अंकले बढेको छ ।

कारोबार खुलेसँगै मंगलबार बजार घट्ने क्रम शुरू भएको थियो । मध्यान्ह १२ बजेपछि बिस्तारै उकालो लागेको नेप्से परिसूचक त्यसपछि पनि तीव्र उतारचढाव देखियो । अन्तमा कारोबार बन्द हुँदा बजार बढेर बन्द भयो ।

बजार बढेसँगै शेयर बजारको पुँजीकरण पनि ४० खर्ब ८६ अर्ब नाघेको छ । मंगलबार कारोबार रकम पनि राम्रै देखियो । कारोबार रकम साढे ६ अर्ब नाघेको छ ।

दिनभर भएका ८० हजार ८२९ कारोबारबाट एक करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?