+
+

वीपी प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु

धरानमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । सुनसरीको धरान नगरपालिका-१० का ५८ वर्षीय पुरूषको मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते ११:५८

१९ माघ, सुनसरी। धरानमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

सुनसरीको धरान नगरपालिका-१० का ५८ वर्षीय पुरूषको मृत्यु भएको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा बुधबार बिहान ७:०० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार माघ १३ गते उनलाई कोरोना पुष्टि भएको थियो ।

मृतकमा मृगौलासम्बन्धी समस्या थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?