+
+

सूचना प्रविधिको सहयोगमा ग्रामीण विकास

ई. प्रकाश थापा ई. प्रकाश थापा
२०७८ माघ १९ गते १४:३०

ग्रामीण विकास आजको समग्र विश्व विकासको परिप्रेक्ष्यमा हेर्नुपर्ने महत्वपूर्ण विषय हो। बढ्दो विश्वव्यापीकरणले आजको हरेक समाज एकअर्कामा ऐना सावित हुने क्रम जारी छ र अझ आउँदा दिनहरूमा हरेक समाज विश्वसामु खुला पुस्तक बन्ने नै छ।

समाजका हरेक पक्षमा भइरहेको आधुनिकीकरण र विश्वव्यापीकरणले सूचना प्रविधिको साथमा आजको जनजीवन अझ सहज बन्ने प्रक्रियामा रहेको देखिन्छ। सूचना प्रविधिको उपयोगले हरेक समाजमा सकारात्मक परिवर्तनसँगै जनमानसको जीवनस्तरमा उल्लेख्य सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। तर समाजमा कतिपय यस्ता पक्ष छन् जसले जनजीवन सहज बनाउँदै गर्दा सामाजिक पक्षहरूमा जानेर वा नजानेर नकारात्मक असर पारिरहेका छन्।

यसै सन्दर्भमा सूचना प्रविधिको प्रयोग गर्दैगर्दा कतिपय पक्षबाट यसको नकारात्मक पाटोमा बढावा दिएको पाइन्छ। यसलाई नियन्त्रण गर्दै अगाडि बढ्नु आज सबैको लागि चुनौती भएको छ। हरेक देशको सामाजिक र आर्थिक विकास द्रुत गतिमा अगाडि बढिरहेको सन्दर्भमा पक्कै पनि सूचना प्रविधिले महत्वपूर्ण स्थान ओगटेको छ।

पहुँचका हिसाबले अहिले पनि ग्रामीण क्षेत्रमा सूचना प्रविधिको उच्चतम उपभोग हुनसकिरहेको छैन। समाजका हरेक वर्ग बालकदेखि वृद्ध, गरीबदेखि धनी, महिला तथा बालबालिका, जुनसुकै जातजाति वा जुनसुकै धर्म सम्प्रदायका व्यक्तिहरू आजको समयमा सूचना प्रविधिको प्रभावबाट टाढा छैनन्।

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधिलाई ग्रामीण जनस्तरमा पुर्‍याई यसको प्रयोगबाट प्राप्त हुने लाभांशमा सबैको पहुँच सुनिश्चित गर्ने नीति लिएको छ ।

मन्त्रालयले सूचना प्रविधि क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने गराउने, सूचना प्रविधि उद्योगको प्रवर्धन तथा विकास गर्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्‍याई रोजगारीका अवसरहरू सृजना गर्दै सूचना प्रविधि क्षेत्रमा उपयुक्त मानव संसाधन विकास गर्ने उद्देश्य आत्मसात् गर्दै अगाडि बढिरहेको छ ।

यसले आउँदा दिनमा पक्कै पनि नेपालको समग्र विकाससँगै ग्रामीण क्षेत्रसम्मको जनमानसमा परिवर्तनको अनुभूति हुने गरी सूचना प्रविधिको पहुँच विस्तार हुने निश्चित छ। अबको समग्र विकास सूचना प्रविधिको सहायताबाट नै सहज र सम्भव छ भन्ने कुरालाई नकार्न सकिंदैन।

सूचना प्रविधिको प्रयोगबाट प्राकृतिक विपत् र महामारीबाट आइपर्ने जोखिमलाई न्यूनीकरण गर्दै विभिन्न प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न समेत सहज हुन्छ। हाल विश्वव्यापी रूपमा फैलिरहेको महामारी कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सूचना प्रविधिले ठूलो मद्दत पुर्‍याउँदै गर्दा ग्रामीण क्षेत्रमा रहेका मानिसहरूमा समेत सचेत र जनचेतना फैलाउँदै जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

आजको समयमा सूचना प्रविधिको विकास जुन गतिमा अगाडि बढिरहेको छ त्यही गतिमा यसको उपभोग ग्रामीण क्षेत्रसम्म सर्वसुलभ पहुँच हुने गरी विस्तार हुनसकिरहेको छैन। ग्रामीण क्षेत्रमा विकासका हरेक काममा विभिन्न बाधा–व्यवधान रहेको पाइन्छ।

आउँदा दिनमा पनि ग्रामीण क्षेत्रमा रहेका अशिक्षित र निम्न वर्गका नागरिकलाई सूचना प्रविधिको माध्यमबाट एकीकृत गर्दै प्राकृतिक प्रकोप, विपत् र महामारीबाट आइपर्ने जोखिम न्यूनीकरण र व्यवस्थापनमा महत्वपूर्ण मद्दत गर्नेछ।

आजको समयमा सूचना प्रविधिको विकास जुन गतिमा अगाडि बढिरहेको छ त्यही गतिमा यसको उपभोग ग्रामीण क्षेत्रसम्म सर्वसुलभ पहुँच हुने गरी विस्तार हुनसकिरहेको छैन। ग्रामीण क्षेत्रमा विकासका हरेक काममा विभिन्न बाधा-व्यवधान रहेको पाइन्छ ।

शिक्षा, स्वास्थ्य र आयस्रोतमा कमजोर पहुँच हुँदा यसले सूचना प्रविधिमा पहुँचको अवस्थालाई पनि प्रभावित पारेको छ। तथापि अहिलेको समयमा सूचना प्रविधिको सहयोग विना कृषि, व्यापार, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता अभिन्न पक्षहरूमा उल्लेख्य सुधार गर्नको लागि असम्भवप्रायः देखिन्छ ।

सूचना प्रविधिको उपभोग बढ्दो क्रममा रहेकोले यसको उपभोगबाट देखापर्ने सकारात्मक र नकारात्मक असरहरूको बारेमा हरेक जनसमुदायमा चेतनामूलक कार्यक्रमहरू गरिनुपर्ने आवश्यकता एकातिर छ भने ग्रामीण भेगमा रहेका हरेक जनसमुदायलाई सूचना प्रविधिको माध्यमबाट उनीहरूको जीवनस्तरमा गुणस्तरीय परिवर्तन ल्याउनुपर्ने र बाहिरी दुनियाँसँग नजिकको सम्बन्ध स्थापित गराउँदै अगाडि बढ्नुपर्नेछ। सूचना प्रविधिको सहायता विना आजको जनजीवन पूर्ण हुन सक्दैन।

यसले आज हरेक मानिस विश्वको जुनसुकै स्थानबाट आफ्नो उपस्थिति विश्वसामु क्षणभरमै देखाउन सक्छ। प्रविधिको विकासले आज सारा विश्व सानो पर्दामा सीमित गर्न सम्भव छ। शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, मनोरञ्जन, रोजगार लगायत समाजका सम्पूर्ण क्षेत्रहरूमा सूचना प्रविधिको प्रयोग बढिरहेको छ जसले सम्पूर्ण क्षेत्रहरूमा सकारात्मक प्रभाव पारिरहेको छ।

विश्वव्यापीकरण र आधुनिकीकरणको यस समयमा सूचना प्रविधिको भरपूर प्रयोग गर्न सके मात्र ग्रामीण समाजको सामाजिक र आर्थिक पक्षहरूमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका पुग्दछ। विकासको हिसाबले पछाडि रहेको ग्रामीण समाजका हरेक पक्षहरूमा द्रुत विकास गर्ने महत्वकांक्षालाई सूचना प्रविधिको प्रयोगले महत्वपूर्ण सहयोग पुग्दछ ।

सूचना प्रविधिको उपभोग र सेवा–सुविधा प्रवाह गर्नेहरू बीच यसको प्रयोगबाट आउनसक्ने नकारात्मक क्रियाकलापप्रति सचेत भएर सँगसँगै अगाडि बढ्नुपर्ने देखिन्छ।बढ्दो इन्टरनेटको प्रयोगसँगै दिनानुदिन भित्रिरहेका प्रविधिहरूको उपभोग पनि बढ्दो क्रममा छ। नयाँ पुस्तामा नयाँ प्रविधिको उत्सुकता जति धेरै छ।

पुरानो पुस्तामा समय अनुसार आविष्कार भइरहेका प्रविधिहरू आत्मसात् गर्न मुश्किल परेको अवस्था पनि देखिन्छ। तर पनि आजको हरेक मानिस सूचना प्रविधिको सहायतामा आफ्नो व्यवसाय होस् या रोजगारीमा या त आफ्नो दैनिकीमा गुणात्मक परिवर्तन गराउँदै अगाडि बढिरहेको छ। सूचना प्रविधिको प्रयोगबाट नै मानिसको जनजीवन सहज बन्दै गएको छ ।

दैनिक जनजीविका नै गुणस्तरीय नभएको अवस्थामा पनि सूचना प्रविधिले ग्रामीणका हरेक अङ्गमा आफ्नो उपस्थिति कुनै न कुनै तवरबाट जनाएकै छ। अशिक्षाले गर्दा कतिपय पक्षहरूमा सुधार गर्न नसकेको अवस्थामा पनि ग्रामीणका हरेक जनसमुदायमा सूचना प्रविधिले अछुतो राख्न सकेको छैन र समय अनुसारको आवश्यकता बनिसकेको सूचना प्रविधिलाई अहिलेको समयमा कुनै पनि व्यक्ति तथा समुदायबाट अलग्याएर हेरिनु सोच्नसम्म सकिंदैन।

अबको चुनौती भनेको आर्थिक-सामाजिक पक्षहरूमा गुणस्तरीय सुधार गर्दै अगाडि बढ्दा सूचना प्रविधिको प्रयोगबाट पर्ने नकारात्मक असरलाई कसरी कम गर्न सकिन्छ भन्ने नै हो। शहरको तुलनामा ग्रामीण क्षेत्रमा निरक्षर वर्गहरूको उपस्थिति धेरै रहन्छ र सूचना प्रविधिको प्रयोगबाट देखिने नकारात्मक कुराहरूमा लाग्न सक्ने सम्भावना पनि निरक्षर वर्गहरूमा धेरै पाइन्छ।

सूचना प्रविधिको पहुँचको शुरुआती चरणमा बाहिरी दुनियाँसँग खुलारूपमा घुलमिल हुन नसकिरहेको अवस्थामा रहेका ग्रामीणका हरेक वर्गमा बाहिरबाट एकतर्फी सूचना प्रवाह भइरहन्छ र सोही समयमा नै मानिसहरूमा नकारात्मक सन्देश प्राप्त हुने सम्भावना बढिरहन्छ। सही र गलत छुट्याउन नसक्दा ग्रामीणमा रहेका निम्न वर्गहरूलाई सूचना प्रविधिको प्रयोगबाट देखिने नकारात्मक असरले बढी मात्रामा प्रभाव पारेको देखिन्छ।

कतिपय क्षेत्रमा सूचना प्रविधिको जानकारहरू यसको गलत प्रयोग गरेर ग्रामीण क्षेत्रका निम्नवर्ग मानिसहरूलाई आधार बनाएर ठगी धन्दा गरेको पनि पाइन्छ। साथै सूचना प्रविधिको गलत प्रयोगबाट समाजमा विकृतिदेखि आपराधिक गतिविधि पनि भएको पाइन्छ। सूचना प्रविधिको राम्रो पहुँच नभएको ठाउँमा यसबारे स्पष्ट जनचेतना नहुनु स्वाभाविक हुन्छ तर यसको गलत प्रयोगबाट समाजमा उत्पन्न विकृतिहरूलाई नियन्त्रण गर्दै लैजानु सरकार वा सम्बन्धित निकायको महत्वपूर्ण भूमिका रहन्छ ।

स्पष्ट नीतिनियम, नियमन निकाय, दुरूपयोगमा हुने कारबाही जस्ता कुराहरूमा राज्य वा सम्बन्धित निकाय बलियो हुन जरुरी हुन्छ। सूचना प्रविधिको शुरुआती पहुँचबाट नै यसबाट पर्न सक्ने नकारात्मक असरहरूलाई कम गर्दै लैजान सकेमा केही हदसम्म सूचना प्रविधिको नकारात्मक असरहरू बढ्नबाट रोक्न सकिन्छ।

सूचना प्रविधिको प्रयोग विधिसँगै सकारात्मक र नकारात्मक असरबारे राम्रोसँग जनचेतनाको विकास गर्न सकेमा पक्कै पनि प्रभावकारी देखिन्छ। ग्रामीण क्षेत्रमा रहेका साना तथा मझौला व्यवसाय, कृषि, पर्यटन, सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग विस्तार भइरहेको छ। साथै सूचना तथा सञ्चारप्रविधिको प्रयोगबाट नै देशमा सुशासन, दिगो विकास एवं मानिसहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्न सम्भव छ ।

दैनिक जीवनमा अपरिहार्य बनिसकेको सूचना प्रविधिलाई सही ढङ्गबाट उपभोग गर्दै आफ्ना दैनिक कामकारबाहीहरूलाई परिमार्जन गर्दै जीवनस्तरमा गुणस्तरीय परिवर्तन गराउनु जरुरी छ। सूचना प्रविधिको प्रयोगले हरेक क्षेत्रमा उत्पादकत्व बढाउन सहयोग गरिरहेको छ ।

विशेषतः ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच बढाउँदै सामाजिक तथा आर्थिक विकासका द्वारहरू बनाउँदै लगेमा समग्र राष्ट्रको अर्थतन्त्रमा नै उल्लेख्य सुधार गर्न सम्भव देखिन्छ। सूचना प्रविधिको सहायतामा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारको गुणस्तर बढाउँदै आम ग्रामीण जीवनस्तर उकास्न सकेमा समग्र विश्वमा छरिएर रहेका मानिसबीच नजिकको सम्बन्ध स्थापित गर्दै सामाजिक विकासमा समेत महत्वपूर्ण भूमिका रहनेछ ।

सूचना प्रविधिको प्रयोगबाट आइपर्ने नकारात्मक पक्षहरूलाई कम गर्दै दैनिक जीवनमा सकारात्मक तरिकाले आत्मसात् गर्न सकेमा पक्कै पनि दैनिक जनजीवन सहज मात्र होइन समयको अन्तरालसँगै चामत्कारिक रूपमा मानव विकास सूचकांक र बहुआयामिक गरीबी सूचकांकमा समेत उल्लेख्य सुधार गर्न सकिन्छ।

सूचना तथा सञ्चारप्रविधिको प्रयोगबाट नै देशमा सुशासन, दिगो विकास एवं मानिसहरूको जीवन स्तरमा सकारात्मक परिवर्तन गर्न सम्भव छ।

(थापा ग्रामीण विकासमा स्नातकोत्तर तहमा अध्ययनरत छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?