+
+

वडा सदस्य महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते ११:१२

२१ माघ, काठमाडौं । घुससहित पक्राउ परेका काठमाडौं महानगरपालिका वडा नं. १४ का सदस्य वसन्त महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

दुई लाख रुपैयाँ विगोसहित महर्जनविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । उनलाई अख्तियारको टोलीले गत भदौ २१ गते दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा महर्जनले सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएका छन् ।

भण्डारीले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज बसन्त महर्जनलाई बिगो रु. २,००,००० ।– (दुई लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?