+
+

जनमत पार्टीले राजमार्ग केन्द्रित आन्दोलन नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १२:४१

२१ मघ, जनकपुर । जनमत पार्टीले आफ्नो आन्दोलनको स्वरुप परिवर्तन गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजमार्ग केन्द्रित आन्दोलन नगर्ने निर्णय गरेको छ ।

माघ २० गते रातिबाट आँधिबेहरी, असिना र बर्षासहित मौसम प्रतिकुल हुन आएको र यस्तो मौसम करिब एक हप्ता लम्बिने पूर्वानुमान रहेकाले राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरिएको पार्टीका महासचिव चन्दन सिंहले बताए ।

मौसमले साथ दिए अनुसार गाउँपालिका/नगरपालिका केन्द्रित अन्तरकृयामूलक कार्यक्रम र अन्य पार्टी तथा संघसंगठनबाट समर्थन लिने किसिमको कार्यक्रम गरिने निर्णय बैठकले गरेको महासचिव सिंहले बताएका छन् ।

मौसममा सुधार भएपछि आगामी फागुन १ गतेदेखि आन्दोलनको अर्को कार्यतालिका बनाउने निर्णय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?