+
+

सञ्जय लीला भन्सालीको ‘गंगुबाई काठियावाडी’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १७:०९
'गंगुबाई काठियावाडी'को एक दृश्यमा आलिया भट्ट

२१ माघ, काठमाडौं । बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीको बहुचर्चित चलचित्र ‘गंगुबाई काठियावाडी’को ट्रेलर रिलिज भएको छ । अभिनेत्री आलिया भट्टको प्रमुख भूमिका रहेको यो चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो ।

ट्रेलर रिलिज भएसँगै ‘गंगुबाई काठियावाडी’लाई लिएर दर्शकहरु उत्साहित देखिएका छन् । चलचित्रमा आलियाका साथै अजय देवगण पनि मुख्य भूमिकामा छन् ।

यो चलचित्रको कथा ‘द माफिया क्वीन अफ मुम्बई’ पुस्तकमा आधारित छ । पुस्तकलाई हुसैन जैदीले लेखेका हुन् ।

‘गंगुबाई काठियावाडी’ यही २५ फेब्रुअरीमा रिलिज हुनेछ ।

‘स्टुडेन्ट अफ द इयर’बाट बलिउड यात्रा सुरु गरेकी आलियाले हाइवे, उडता पञ्जाब जस्ता चलचित्रबाट दर्शकमाझ बेग्लै छाप छोड्न सफल भएकी छन् । ‘गंगुबाई काठियावाडी’बाट उनको करिअरको नयाँ अध्याय हुने विश्लेषण गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?