+
+

कार्चेन लामा भन्छन् : प्रचण्डले मन्त्री सिफारिस गरेका हुन्, विरोधको तुक छैन

यज्ञ खत्री यज्ञ खत्री
२०७८ माघ २१ गते २०:५३

२१ माघ, सुर्खेत । कर्णाली प्रदेशमा हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा (कार्चेन) लाई मन्त्री बनाउन खोजेपछि माओवादी केन्द्रमा असन्तुष्टि देखिएको छ ।

तर पार्टी अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्डकै जोडबलमा मन्त्री बन्न लागेका लामा भने ढुक्क छन् । भन्छन्, ‘विरोध गर्नुको कुनै तुक छैन ।’

अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले मूर्ति चोरीको मुद्दामा जेय सजाय भोगेको स्वीकार गरे । तर कांग्रेसीहरुले फसाएको र यो सजय भोगेका कारण नैतिक आचरणमाथि प्रश्न नउठ्ने दाबी गरे ।

प्रस्तुत छ, हुम्लाका लामासँग अनलाइनखबरकर्मी यज्ञ खत्रीले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको नाम सिफारिस भएपछि गैरसांसदलाई मन्त्री बनाउन लाग्यो भनेर माओवादीमै विरोध भएको थाहा पाउनु भएको छ ? 

दुई/तीन जना साथीहरुले गर्नु स्वाभाविक हो । तर मलाई पार्टीको उच्च नेतृत्व, स्वंयम कमरेड प्रचण्डले मन्त्री बनाउन सिफारिस गर्नुको कारण खोज्नुपर्छ, मेरो राजनीतिक योग्दान हेरिनुपर्छ ।

म २०४५ सालदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा छु, संयुक्त जनमोर्चा हुँदै अहिले माओवादी केन्द्रमा छु । म हुम्लाको पहिलो माओवादी हुँ । निर्विरोध गाविस उपाध्यक्ष भएको मान्छे हुँ ।

द्वन्द्वका बेला तत्कालीन माओवादी नेताहरु मोहन बैद्य किरण, डा.बाबुराम भट्टराई, पोष्टबहादुर बोगटी, विप्लव, जनादर्शन शर्मालगायतलाई भूमिगत ढंगबाट पालेको छु । एउटा इमान्दार र जिम्मेवार सिपाहीका रुपमा पार्टीप्रति प्रतिवद्ध छु । मेरो लगानी, इमान्दारिताको कदर गर्दै प्रदेश, जिल्लाको नेतृत्व र हुम्ली जनताको मागलाई सम्बोधन गर्न अध्यक्ष कमरेड प्रचण्डले मन्त्रीमा सिफारिस गर्नुभएको हो । यसमा कसैले गुनासो राखेका छन् भने मलाई मतलब छैन ।

गैरसांसद जम्मा ६ महिना मन्त्री हुनसक्छ । त्यतिबेलासम्म कि प्रदेशसभा सदस्य हुनुपर्‍यो, नभए राजीनामा दिनुपर्छ । ६ महिना मन्त्री हुन किन यति जोड त ?

६ महिनासम्म गैरसांसद मन्त्री बन्न पाउने व्यवस्था संविधानमै गरिएको छ । त्यहीअनुसार म मन्त्री बन्न लागेको हुँ ।

जहाँसम्म ६ महिनामा के काम गर्न सकिन्छ र भन्ने प्रश्न छ, २००७ सालदेखि अहिलेसम्म मन्त्री भएकाहरुले के गरे ? पाँच/सात पटक प्रधानमन्त्री भएकाहरुले के गरे भन्ने पनि होला । त्यसैले म पिछडिएको वर्गको प्रतिधिनित्व गर्दै मन्त्री हुन लागेको हुँ । राष्ट्रघात र छलछाम गर्दिनँ, जनताले महसुस गर्ने गरी काम गर्छु ।

तपाईंले हुम्लाका नेताहरुलाई प्रयोग गरेर प्रचण्डलाई ठुलो दबाब दिनुभयो भन्ने आरोप छ नि ?

आरोप लाउनेहरुले त जे पनि लाउँछन् । प्रचण्ड मेरो दबावमा पर्ने मान्छे हो र ? म जस्ताको दबाबले प्रचण्ड डराउँछन् ? यस्ता नपत्याउने कुरा गर्न सुहाउँछ ! प्रचण्डलाई दबाब दिएर कसैको घर चल्दैन, चुलो पनि बल्दैन, पार्टी पनि चल्दैन ।

तर कार्चेन लामा हिमाली भोटे लामा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष पनि हो । मेरो साढे तीन दशको लगानी, त्यागको दबाब पर्‍यो होला । हिजोका दिनमा हुम्ली जनतालाई लिएर हाम्रो प्रतिनिधित्व चाहियो भन्दै प्रचण्डको घर अगाडि सिटी जुलुस गर्ने मान्छे हुँ । त्यसैको दबाब पनि पर्‍यो होला ।

मूर्ति चोरीमा जेल सजाय भोगेकाले नैतिक प्रश्न पनि उठेको छ नि

यो फाइनल भइसकेको मुद्दा हो । नैतिक आचरणमाथि प्रश्न उठ्ने खालको मुद्दा पनि होइन । लेख्नेहरुले जे सुकै लेखुन्, मन्त्री बन्ने तयारी भएपछि रचिएको षड्यन्त्र हो । यसको कुनै तुक छैन ।

संविधानले दिएको अधिकारअन्तर्गत म मन्त्री बन्न लागेको हुँ । यस्ता मुद्दालाई इस्यु बनाउने हो भने नेपालका ९५ प्रतिशत नेतहरु जेलमा हुन्थे । यो आरोप लागिसकेपछि पनि २०५४ सालमा गाविस उपाध्यक्षमा निर्वाचित भएकै हुँ । मलाई कांग्रेसीहरुले राजनीतिक षड्यन्त्र गरेर फसाएका हुन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?