+
+

किसानको समस्या समाधान गर्न मधेश सरकारले बनायो उच्चस्तरीय समिति

मधेश प्रदेश सरकारले किसानको समस्या समाधान गर्नका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २२ गते १४:१०

२२ माघ, जनकपुरधाम। मधेश प्रदेश सरकारले किसानको समस्या समाधान गर्नका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।

शनिबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवको संयोजकत्वमा उक्त समिति गठन गरेको हो ।

समितिमा अर्थ मन्त्री शैलेन्द्र साह, आन्तरिक मामिला तथा संचार मन्त्री भरत साह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुद्यन महतो र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा सदस्य छन् ।

समितिले प्रदेशका किसानको समस्या पहिचान गर्दै समाधानका उपायहरुबारे प्रतिवेदन तयार पार्नेछ । यो प्रतिवेदनको आधारमा प्रदेश सरकारले किसानका लागि गर्नुपर्ने काम अघि बढाउने सरकारका प्रबक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले बताए ।

‘किसानको विभिन्न समस्या छ, हामी त्यो समस्यालाई समाधान गर्नका लागि अघि बढेका छौं’ मन्त्री साहले भने, ‘मलखाद्य, बिउविजन, कृषि उपजको बजारीकरणदेखि देखिने समस्याको समाधान गर्छौं ।’

प्रदेश सरकारबाट हुन सक्ने काम तत्कालै गर्ने र यहाँबाट हुन नसक्ने कामका लागि संघीय सरकारसँग आग्रह गरिने उनले बताए ।

गठन भएको समितिले १५ दिनभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने जिम्मेबारी पाएको छ। समितिको प्रतिवेदन आएपछि अल्पकालीन, दीर्घकालीन योजनाहरु बनाउन लागिपर्ने मन्त्री साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?