+
+

स्‍याङ्जामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २२ गते १६:३८

२२ माघ,स्याङ्जा । स्याङजाको बिरुवा गाउँपालिका–३ धोवादीमा शनिबार जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जीप दुर्घटनामा परेर सोही वडाका २६ वर्षीय बेलबहादुर थापा र ३२ वर्षीय भेषबहादुर थापाको मृत्यु भएको हो। बेलबहादुर चालक र भेषबहादुर यात्रु रहेको खुलेको छ ।

उनीहरू सवार ग १ ज.५९३९ नं. जीप सडकदेखी अन्दाजी ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलमै मृत्यु भएका उनीहरूको शव परीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?