
२३ माघ, बुटवल । स्कारपियोको ठक्कर बाट बुटवलमा एक जनाको मृत्यु भएको छ ।
शनिबार राति करिब १२ बजे पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमापूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१९च ९१५७ नम्बरको स्कार्पियोले विपरीत दिशाबाट आउँदै गरेको लु२४प २७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
स्कारपियोको ठक्करबाट मोटरसाइकलका चालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१ का ३० वर्षीय बासु आचार्यको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4