+
+

आफ्नो स्वर रहेका नेपाली गीत फेरि नगाइयोस् भन्ने चाहन्थिन् लता

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १२:०१
गायिका लता मंगेशकर । फाइल तस्वीर

२३ माघ, काठमाडौं । विश्व चर्चित भारतीय गायिका लता मंगेशकरले नेपाली गीतमा पनि स्वर भरेकी छन् । लताले स्वर भरेका ‘जुन माटो मेरो’, ‘बाँचुञ्जेलीलाई’, ‘आकाशमा तिरमिरे’ लगायतका गीत नेपाली श्रोता-दर्शकमाझ आज पनि उत्तिकै लोकप्रिय छन् ।

विश्वका ३६ भाषाका ५० हजारभन्दा बढी गीत गाएकी लता आफूले गाएका नेपाली गीत भने अरु गायिकाको स्वरमा रेकर्ड नहोस् भन्ने चाहन्थिन् ।

यो कुराको जानकारी संगीतकार सुरेश अधिकारीले दिएका छन् । अनलाइनखबरसँग कुरा गर्दै सुरेशले भने, ‘करिब १२-१३ वर्षअघि म र संगीतकार महेश खड्का मुम्बई पुगेका थियौं । महेशजीले लताकी बहिनी उषा मंगेशकरको स्वरमा एउटा गीत रेकर्ड गराउने तयारी गर्नुभएको थियो । लताजी पनि सोही स्टुडियोमा हुनुहुन्थ्यो ।’

त्यसबेला लतासँग नेपाली गीत-संगीतको विषयमा कुरा भएको सुरेशले बताए । ‘लता र उषाले हामीसँगको कुराकानीमा आफूहरुले गाएको नेपाली गीत रिमेक भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको थियो,’ उनले भने ।

‘लता र उषाले आफूले गाएका गीत फेरि नयाँ गायिकाहरुले गाउँदा आफूहरुका लागि त जिउँदै मरेजस्तो हुने बताउनुभयो,’ सुरेशले अगाडि भने, ‘यो कुराले हामीलाई मर्माहत बनाएको थियो ।’

लता मंगेशकर आफूले गाएको नेपाली गीत फेरि अर्को स्वरमा रेकर्ड नहोस् भन्ने चाहन्थिन् । कोकिल स्वरकी धनी लताको आइतबार सरस्वती पूजाको दिन निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?