
२३ माघ, बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरूसँग बजेट थप गर्नुपर्ने योजना मागेका छन् । आइतबार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरूसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन् ।
तोकिएकै समयमा चुनाव हुने भएकाले फागुनभित्र जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न प्रमुखहरूलाई निर्देशन दिए, ‘स्थानीय तहको चुनाव हुने भएपछि कार्यालय प्रमुख उतै लाग्दा विकास निर्माणको काममा विलम्ब हुन सक्छ । मन्त्रीपौडेलले भन्नुभयो, अल्झेका काम फुकाउँदै फागुनको अन्तिम सातासम्म धेरै योजनाहरूको काम सक्नुहोस् ।’
जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरूले सञ्चालित योजनाको प्रगति विवरण र समस्याका बारेमा मन्त्रीलाई बिफ्रिङ गरेका थिए । प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सीसीएमसीसीको निर्णय अनुसार माघ मसान्तसम्म विद्यालय वैकल्पिक माध्यमबाट चलाउन निर्देशन दिएको बताए ।
प्रतिक्रिया 4