+
+

एक हजारौं ओडीआई खेलमा भारत विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते ७:२९

२४ माघ, काठमाडौं । भारतले वेष्ट इन्डिजलाई पहिलो एक दिवसीय अन्तर्राष्ट्रियमा ६ विकेटले पराजित गर्दै आफ्नो एक हजारौं ओडीआई खेललाई सुखद बनाएको छ ।

अहमदाबादमा आइतबार भएको ऐतिहासिक खेलमा बलर र कप्तान रोहित शर्माले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले सहज जित हात पारेको हो ।

एक हजार एक दिवसीय अन्तर्राष्ट्रिय  खेल्ने भारत पहिलो टोलीसमेत बनेको छ ।

वेस्ट इन्डिजले दिएको १७७ रनको सामान्य लक्ष्य भारतले २८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतका लागि कप्तान रोहित शर्माले ६० रन बनाए । यस्तै इशन किसनले २८ रन जोडे ।

सूर्यकुमार यादवले अविजित ३४ र डेब्युटान्ट दिपक होडाले अविजित २६ रन बनाए । विराट कोहली ८ रनमा आउट भए ।

वेस्ट इन्डिजका अल्जारी जोसेपले २ विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर अपहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३.५ ओभरमा सबै विकेट गुमाएर १७६ रन बनाएको थियो ।

वेस्ट इन्डिजका जासन होल्डरले सरणवाधिक ५७ रन बनाए । फाबियन एलनले २९ रन जोडे ।

वेष्ट इन्डिजलाई अलआऊट गर्न भारतका युजभेन्द्र चाहलले चार, वासिंगटन सुन्दरले तीन तथा प्रसिद्ध कृष्णले दुई विकेट लिए ।  जितपछि भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?