+
+

राम्रो काम छाडेकोमा पछुतो लाग्छ : नम्रता सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १२:०५
अभिनेत्री नम्रता सापकोटा । फाइल तस्वीर

२४ माघ, काठमाडौं । अभिनेत्री नम्रता सापकोटा धमाधम म्युजिक भिडियोमा काम गरिरहेकी छन् । यसबाहेक उनी चलचित्रमा पनि काम गरिरहेकी छन् । लकडाउनको समयमा चलचित्रको काम ठप्प भएपछि अन्य कलाकारजस्तै नम्रताको पनि म्युजिक भिडियो नै सहारा बनेको छ ।

नम्रताले अन्तराल, छक्का पञ्जा, समर लभ, ब्रासलेट जस्ता चलचित्रमा काम गरेपनि अपेक्षित सफलता भने हात पार्न सकेकी छैनन् । तर, नम्रता भने आफूले पाएको कुरामा नै आफूखुसी रहेको बताउँछिन् । उनले भनिन्, ‘मैले जति पाउनुपर्ने हो, त्यति पाएकी छु । यसैले म सफलता र असफलताको मापन नै गर्दिनँ ।’

नम्रताले आफूले करिअरमा केही राम्रा प्रोजेक्ट छाडेकोमा भने पश्चाताप लाग्ने गरेको बताइन् । ‘तर, मैले केही राम्रा चलचित्र छाडें । ती चलचित्रहरु सुपरहिट भए । एउटा चलचित्र हिउँमा छायांकन गर्नुपर्छ भनेर मैले काम गरिनँ । यस्ता केही प्रोजेक्ट छाडेकोमा पश्चाताप छ,’ उनले भनिन् ।

उनले कुनै पनि कामलाई सानो र ठूलो भनेर छुट्याउन नहुने पाठ आफूले जीवनमा सिकेको बताइन् । नम्रताले अगाडि भनिन्, ‘लकडाउनको समयमा काम नै नहुँदा कसैले अफर गरिदिएपनि हुन्थ्यो जस्तो लाग्थ्यो । त्यतिबेला मलाई महसुस भयो काम भनेको सानो र ठूलो भन्न नहुने रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?