+
+

टाटा नेक्सन फेरि नम्बर वान बन्न सफल

टाटा मोटर्सले रच्यो अर्को कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १३:१४

काठमाडौं । टाटा मोटर्सले यो महिना पनि आफ्नो दमदार प्रदर्शन कायम गर्दै हुन्डाई, किया, मारुती सुजुकीलाई पछि पार्दै शीर्ष स्थानमा रहन सफल भएको छ । पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट साबित हुँदै गएको कम्पनीको दावी छ । भारतीय सवारीसाधन उत्पादक टाटाले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गइरहेको कम्पनीको भनाइ छ ।

टाटा मोटर्सलाई प्यासेन्जर कार सेग्मेन्टमा स्थापित गराउन सफल टाटा नेक्सन स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स् र लक्जरीको हिसाबले सब फोर मिटर सेग्मेन्टमा उत्कृष्ट सावित भइसकेको कम्पनीले जनाएको छ । नेपालमा पनि ग्राहकहरुको मन जित्न सफल भएको र बिक्री तथ्यांकको आधारमा नेक्सन सर्वाधिक धेरै बिक्री हुने एसयूभी भएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार टाटा नेक्सन सब फोर मिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इन्जिनको कारण चर्चामा रहँदै आएको मोडल हो । टाटाको प्यासेन्जर सेग्मेन्टमा गेमचेन्जरको रुपमा लिने गरिएको नेक्सन फिचर लोडेड गाडीमा पर्छ ।

कम्पनीका अनुसार टाटा मोटर्सले १३ हजार ८१६ यूनिट नेक्सन बिक्री गरेर पहिलो हुन सफल भएको छ भने किया सेल्टोस ११ हजार ४८३ यूनिटसहित दोस्रो स्थानमा र हुन्डाई भेन्यू ११ हजार ३७७ यूनिट सहित तेस्रो स्थानमा छ । यस्तै चौथो स्थानमा टाटा मोटर्सको नयाँ माइक्रो एसयूभी परेको छ भने हुन्डाई क्रेटा ९ हजार ८६९ यूनिटसहित पाँचौ स्थानमा रहेको छ । छैटौं स्थानमा रहेको ब्रेजा ९ हजार ५७६ यूनिट र सातौं स्थानमा रहेको किया सोनेट ६ हजार ९०४ यूनिट बिक्री भएको छ । त्यस्तैगरी धेरै बिक्री हुने १० मोडलको सूचीमा रेनो काइगर, निसान म्याग्नाइट, फक्सवागेन टाइगुन र स्कोडा कुशकले भने यसपाली आफ्नो स्थान पक्का गर्न सकेनन् ।

सूचीको आठौं, नवौं र दसौं स्थानमा महिन्द्रा थार ४ हजार ६४६ यूनिट, महिन्द्रा एक्सयूभी ३०० ले ४ हजार ५५० यूनिट र महिन्द्रा एक्सयूभी ७०० ले ४ हजार ११९ यूनिट विक्री गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?