+
+

अफ्रिका कप अफ नेसन्स फर्केर हेर्दा : ए टु जेड

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १५:०७

२४ माघ, काठमाडौं । एक महिनासम्म चलेको अफ्रिका कप अफ नेसन्स आइतबार सम्पन्न भएको छ । सर्वाधिक सफल टिम ईजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक उपाधि जित्यो । सेनेगलको जितमा साडियो मानेले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

फाइनलमा मानेकै निर्णायक पेनाल्टी गोलमा सेनेगलले सर्वाधिक सात पटकको विजेता ईजिप्टलाई टाइब्रेकरमा ४-२ ले हरायो । प्रतियोगिता सकिएपछि एएफपीले अफ्रिका विगेष्ट स्पोर्ट्स ईभेन्टको केही रमाइला र दु:खद पक्ष समेटेर यो सामाग्री तयार पारेको हो ।

ए: अल्जेरिया

प्रतियोगिता अघि अल्जेरिया उपाधि दाबेदारको रुपमा थियो। ३४ खेलको अपराजित यात्रा बनाएको अल्जेरिया समूह चरणबाटै बाहिरिँदा रियाद महारेज नेतृत्वको डिजर्ट फक्सले एक खेलसमेत जित्न सकेन।

बी : बुर्किना फासो

बुर्किना फासोले तेस्रो स्थानको लागि भएको खेलमा तीन गोलको अग्रता जोगाउन नसक्दा पेनाल्टी सुटआउटमा पुगेर पराजित भयो।

सी : क्यामरुन

क्यानरुन आयोजकको रुपमा प्रतियोगिता जित्न नसक्ने लगातार आठौं टिम बन्यो । घरेलु टोली क्यामरुन पेनाल्टी सुटआउटमा ईजिप्टसँग पराजित हुँदै बाहिरियो ।

डी : डाउला

सेनेगल लेजेण्ड एल हाजी डिओफले डाउलास्थित जापोमा स्टेडिमलाई ‘विश्व स्तरीय’ संज्ञा दिएका थिए, तर पिच भने स्ट्यान्डर्डभन्दा तल थियो र नकआउट चरणको दुई खेल योउन्डेमा सारिएको थियो ।

ई: ईजिप्ट

फाइनलमा सेनेगलसँग खेल्दा ईजिप्टले कीर्तिमानी नवौं पटक फाइनल खेल्ने घानाको कीर्तिमान बराबरी गर्‍यो । घानाले नौ पटक फाइनल खेल्दा चार पटक उपाधि जितेको छ ।

एफ : फिनान्सियल रिवार्ड्स

यस पटक क्यामरुनमा शीर्ष आठ स्थानमा रहेका टिमले कीर्तिमानी फिनान्सियल रिवार्ड्स पाए । च्याम्पियन टिमले ५ मिलियन अमेरिकन डलर, सेमिफाइनलिस्टले २.७५ मिलियन र क्वार्टरफाइनल पुग्नेले १.१८ मिलियन डलर पाए ।

जी : घाना

पूर्वविजेता घाना यस पटक समूह चरणबाटै बाहिरियो । आन्द्रे आयूको कप्तानीमा रहेको घाना मोरोक्को र कोमोरससँग पराजित हुँदा गाबोनसँग बराबरीमा रोकियो।

एच : हेल्थ प्रोबेलम्स

प्रतियोगिता दौरान धेरै स्वास्थ्य देखियो। विशेष गरी कोभिड-१९ को धेरै केसहरू देखिए। मालावीले एक खेलमा कोरोना भाइरसका कारण बेन्चमा १२ खेलाडीको सट्टा जम्मा ४ मात्र सब्सिच्युट खेलाडी राख्नु परेको थियो । यस्तै बाफोसाममा फुड प्वाइजनिङ भएको थियो ।

आई : ईनक्रेडिबल

माली र ट्युनिसियाबीचको समूह चरणको खेल अप्रत्यासितरूपमा अन्त्य भएको थियो । जाम्बियन रेफ्री जानै सिकावेले निर्धारित समय अघि नै खेल सकिएको संकेत स्वरूप सिट्टी बजाएका थिए । जसले गर्दा अफिसियलमा हिट स्ट्रोक आएको थियो ।

जे : जोए

दुई डेब्युटान्ट गाम्बिया र काेमाेराेसकाे लागि यस संस्करण खुशीकाे रुपमा रह्याे र दुव‌ै टिम डेब्यूमै नकआउट चरणमा पुगे । २४ टिममध्ये गाम्बिया सबैभन्दा कमजाेर वरियता भएकाे टिम थियाे तर क्वार्टरफाइनलसम्म पुग्न सफल भयो ।

के : केईटा

लिभरपुलबाट खेल्ने सहकर्मीहरू माने र सालहले फाइनल खेल्दा लिभरपुलबाटै खेल्ने गिनीका कप्तान नेबी केईटा दसई पहेँलाे कार्डका कारण अन्तिम १६ अन्तर्गत गाम्बियाविरुद्ध खेल्न पाएनन् र उनकाे टिम बाहिरियाे ।

एल : लेथल फरवार्ड

क्यामरुनका कप्तान भिनसेन्ट अबुबाकर प्रतियाेगिताकै लेथल फरवार्डकाे रुपमा रहे । उनले सर्वाधिक ८ गाेल गरे । उनी सन् १९७४ मा कंगाेका पिएरे एनडाए मुलाम्बाले एक प्रतियाेगितामा गरेकाे सर्वाधिक ९ गाेलभन्दा एक गाेलले मात्र पछि रहे ।

एम : महँगाे

मालावीका फरवार्ड फ्रांक महँगाेले अन्तिम १६ मा माेराेक्काेविरुद्ध गरेकाे गाेल प्रतियोगिताकै गोल अफ दि टुर्नामेन्टकाे रुपमा रह्याे ।

एन : नाइजेरिया

पहिलाे खेलमै ईजिप्टलाई हराएकाे नाइजेरिया समूह चरणमा सबै तीन खेल जित्दै शतप्रतिशत नतिजा ल्याउने एक्लाे टिम बनेकाे थियाे । तर, अन्तिम १६ मा ट्युनिसियासँग हार्दै बाहिरियाे ।

ओ: ओलेम्बे स्टेडियम

याेउन्डेमा रहेकाे ओलेम्बे स्टेडियम जसकाे क्षमता ६० हजार छ । याे अफ्रिका कप अफ नेसन्सकै लागि बनाइएकाे थियाे, तर खेल अघि ८ जनाकाे मृत्यु भएकाे घटनाले नराम्राे भनेर सम्झिइनेछ ।

पी : पेनाल्टी

प्रतियाेगितामा निर्धारित समय र अतिरिक्त समयमा गरी फाइनलअघि कूल २० पेनाल्टी प्रहार हुँदा ११ गोल भए । ३ पेनाल्टी सेभ हुँदा ६ पेनाल्टी मिस भयाे ।

क्यु : क्वेरेज

माेजाम्बिकमा जन्मेका ईजिप्टका प्रशिक्षक कार्लाेस क्वेरेजले प्रतियाेगितामा राताे कार्ड पाउँद‌ा म‌ैदान छाड्ने पहिलाे काेच बने । उनी क्यामरुनविरुद्धकाे सेमिफाइनलमा दुई पहेँलाे कार्ड पाएर मैदान छाड्न बाध्य भए ।

आर : रेड कार्ड

फाइनल अघि प्रतियाेगितामा १४ रातो कार्ड देखाइयाे । त्यसमा पनि क्प भर्डे र घानाका खेलाडीले २-२ रातो कार्ड पाए । सेनेगलविरुद्ध केप भर्डेका दुई खेलाडीले रातो कार्ड पाउँदा ९ खेलाडीमा समेटिएकाे थियाे ।

एस : सेनेगल

सेनेगलका सेमिफाइनल खेल्दा बुर्किना फासाे विरुद्ध पहिलाे राेजाइमा रहेका ५ खेलाडी फ्रान्समा जन्मिएका थिए । जसमा कप्ताज कालिडाेउ काउलीबेलीसहित थिए । आफ्ना बुबा र हजुरबुबा जन्मेकाे देशबाट समेत फुटबलरले खेल्न सक्छन् ।

टी : रेफ्री टेसेमा

ईथियाेपियन रेफ्री बामलाक टेसेमाले सेनेगल र बुर्किना फासाे विरुद्धकाे खेलमा धेरै चर्चा बटुले र सम्मान पाए । उनले भिएआर माेनिटर हेरेर धेरै निर्णय लिएका थिए ।

यु : अन्डरप्यान्ट्स

‘साडियो मानेले आफ्नो अन्डरप्यान्ट धुनु पर्दैन,’ रोमानियामा जन्मेका मालावी प्रशिक्षक मारियो मारिनिकाले याउन्डे होटेलमा आफ्नै लुगा धुन बाध्य पारेपछि रिस पाेखे ।

भी : भीएआर

भीएआर अर्थात् भिडियाे असिस्टेन्ट रेफ्री नेसन्स कपको सबै ५२ खेलमा प्रयाेग भयाे र धेरै रेफ्रीलाई यसले सहयाेग गर्याे।

डब्लू : वुमन रेफ्री

रवान्डाका सालिमा मुकानसांगा अफ्रिका कप अफ नेसन्स खेलाउने पहिलाे वुमन (महिला) रेफ्री बनिन् । उनले समूहचरण अन्तर्गत जाम्बिया र गिनीबीचकाे खेल खेलाइन् जसले धेरै चर्चा पायाे ।

एक्स: एक्स रे

केप भर्डेका गाेलकिपर भाेजिन्हासँग ठाेक्किएपछि साडियाे मानेकाे एक्स रे रिजल्टकाे धेरै प्रतिक्षा गरिएकाे थियाे । अन्त्यमा यसकाे नतिजा सकारात्मक आयाे र ‘तेरंगा लायन्स’ काे समर्थकमा खुशी छाएकाे थियाे ।

वाई : येल्लाे कार्ड

प्रतियाेगितामा झण्डै २०० पहेँलो कार्ड देखाइएकाे थियाे । जसमध्ये सेमिफाइनलमा क्यामरुनविरुद्ध ईजिप्टका ओमार कमाललाई देखाइएकाे पहेँलो कार्ड सबैभन्दा कडा बन्याे । यसले गर्दा राइट ब्याक ओमरले फाइनल खेल गुमाए ।

जेड : जिम्बाब्बे

जिम्बाब्बेले समूह चरणमा गिनीलाई २-१ ले पराजित गर्दै सन् २००६ पछि प्रतियाेगितामा पहिलाे जित निकाल्याे, तर समूह चरणबाट अघि बढ्न सकेन । जिम्बाब्बेले २००६ काे अफ्रिका कप अफ नेसन्समा घानालाई हराएकाे थियाे ।

-एएफपी

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?