+
+

कपनबाट ६ ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते २०:०५

२४ माघ, काठमाडौं । प्रहरीले लागूऔषध ६ ग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्‍ने २२ वर्षीय पासाङ छिरिङ शेर्पा र भिमदत्त नगरपालिका महेन्द्रनगर स्थाइ घर भई बुढानीलकण्ठ नगरपालिका १० कपन आकासेधारा बस्‍ने २७ वर्षीय खगेस खत्री रहेका छन् ।

महानगरी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले आज साँझ ५ बजे गोपीकृष्णहल नजिकबाट उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि महानगरीय प्रहरी वृत बौद्धले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?