+
+

यो हप्ता ओटीटीमा रिलिज हुँदैछन् यी फिल्म र वेब सिरिज

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते ११:१६

२५ माघ, काठमाडौं । कोरोना महामारीको समयमा ओटीटी प्लेटफर्म मनोरञ्जनका लागि भरपर्दो बनेको छ । गत वर्ष विभिन्न ओटीटी प्लेटफर्ममा ४०० बढी चलचित्र र सिरिज रिलिज भए । ओटीटीका कारण सिनेमा हल जाने दर्शकले घरमै मनोरञ्जन लिन पाएका छन् ।

यो हप्ता पनि ओटीटीमा केही प्रतिक्षित चलचित्र र वेब सिरिज रिलिज हुँदैछन् । यसैहप्ता बलिउड अभिनेत्री दीपिका पादुकोण पनि ओटीटीमा डेब्यु गर्दैछिन् । यो हप्ता ओटीटीमा रिलिज हुने चलचित्र र सिरिजयस्ता छन् ।

इन्वेटिङ ऐना

यो वेब सिरिज ११ फेब्रुअरी अर्थात् आगामी शुक्रबार नेटफ्लिक्समा रिलिज हुँदैछ । अनुसन्धानमा आधारित ‘इन्वेटिङ ऐना’मा ऐना च्लम्स्की, जुलिया गार्नर, केटी लोब्स, लार्बन कक्स लगायतको अभिनय रहेको छ ।

गहराइयाँ

चलचित्र ‘गहराइयाँ’ पनि आगामी शुक्रबार अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुँदैछ । दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी, अनन्या पाण्डे र धैर्य करवाको मुख्य भूमिका रहेको यो चलचित्रलाई शकुन बत्राले निर्देशन गरेका हुन् ।

यसै चलचित्रबाट दीपिकाले ओटीटीमा डेब्यु गर्दैछिन् ।

आई वान्ट यू ब्याक

रोमान्टिक कमेडी चलचित्र ‘आई वान्ट यू ब्याक’ पनि आगामी शुक्रबार अमेजन प्राइभ भिडियोमा रिलिज हुँदैछ । ज्यासन ओर्लेले निर्देशन गरेको यो चलचित्रमा म्यानी ज्यासिन्टो, जीना रोड्रिगेज, स्कट इस्टवुड र क्लार्क ब्याको मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?