+
+

स्थानीय तहको चुनावले ‘चिसो मान्छे’को प्रदर्शन पछि सर्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १२:५०

२५ माघ, काठमाडौं । सरकारले वैशाखको ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि चलचित्र ‘चिसो मान्छे’ प्रदर्शन मिति सर्ने भएको छ ।

निर्वाचनका दिन बिदा हुने र सवारी आवागमन समेत बन्द हुने भएकाले चलचित्र प्रदर्शनको मिति हेरफेर गर्ने तयारी गरिरहेको निर्देशक दीपेन्द्र के खनालले बताए । ‘अब त वैशाख ३० गते कसरी चलचित्र रिलिज हुन्छ र ? हामी नयाँ मितिका लागि छलफल गर्दैछौं । केही दिनमा नै टुंगो लाग्नेछ,’ उनले भने ।

दीपेन्द्रले चलचित्र तयार भइसकेकाले राम्रो मिति पाएको भए वैशाख ३० गते अगावै चलचित्र रिलिज गर्न आफू तयार रहेको बताए । तर, वैशाख ३० गते अगाडि नै  हिन्दी र नेपाली चलचित्रको प्रदर्शन मिति तय भएकाले ‘प्रि-पोण्ड’को सम्भावना नरहेको उनले बताए ।

स्थानीय तहको निर्वाचनको एक साताअघि अर्थात् वैशाख २३ गते ‘लप्पन छप्पन’ र ‘कबड्डी ४’ले पनि प्रदर्शनको मिति तोकेका छन् । अब यी दुई चलचित्रका निर्माताले चलचित्रपछि सार्छन् वा निर्धारित मितिमा नै रिलिज गर्छन् पक्का छैन ।

शर्मिला पाण्डेको लगानीमा तयार भएको यो चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?