+
+

‘म यस्तो गीत गाउँछु २’ फागुन १३ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १८:०७

२५ माघ, काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गते रिलिज हुने भएको छ । यसअघि माघ १९ का रिलिज मिति तय गरेको यो चलचित्र कोरोना संक्रमणको तेस्रो लहरका कारण सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि प्रदर्शन हुन पाएको थिएन ।

नेपाल चलचित्र संघका तर्फबाट अशोक शर्मा र चलचित्र निर्माता संघका तर्फबाट उदय सुब्बा नेतृत्वको कार्यदलले ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गतेदेखि प्रदर्शन हुने सहमति जुटाएको हो । तर, चलचित्र ‘लप्पन छप्पन २’ले केही समयअघि नै सोही मितिमा रिलिजको घोषणा गरिसकेको छ ।

सुदर्शन थापाले निर्देशन गरेको  ‘म यस्तो गीत गाउँछु २’मा पल शाह, पूजा शर्मा, दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सरकारले फागुन १ गतेदेखि सिनेमा हल खोल्न अनुमति दिएसँगै चलचित्र निर्माताहरुले रिलिज मिति तोक्न थालेका हुन् । सिनेमा हल बन्द भएका कारण तीन दिनमै प्रदर्शन स्थगित गर्न बाध्य भएको चलचित्र ‘चपली हाइट ३’ फागुन १ गतेदेखि पुन: प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?