+
+

प्रेस चौतारी कैलालीको अध्यक्षमा आचार्य चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १८:४५

२५ माघ, धनगढी। प्रेस चौतारी नेपाल कैलालीको अध्यक्षमा भानुभक्त आचार्य चयन भएका छन् ।

मंगलबार सम्पन्न भएको सातौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा निराजन परियार, उपाध्यक्ष (महिला) मा गीता चाैधरी, सचिवमा जनकसिंह विष्ट, सहसचिवमा प्रेम विष्ट र कोषाध्यक्षमा लोकुसिंह ठकुरी चयन भएका छन् ।

यस्तै सदस्यहरूमा राम सुनार, अंकित उप्रेती, रोशनी बिक, सागर परियार, अनिला स्वर्णकार, खगेन्द्र अवस्थी र कुलराज चौधरी चयन भएका छन् । समावेशीतर्फका सहसचिव र पाँच जना कार्य समिति सदस्य भने जिल्ला कार्य समितिले मनोनित गर्नेछ ।

यसैबीच प्रेस चौतारी कैलालीले चार जना पूर्व अध्यक्षलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पूर्वअध्यक्ष हेमन्त पौडेल, शेरबहादुर बस्नेत, वीरेन्द्र रावल र मातृका तिमिल्सेना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?