+
+

प्रहरी हुँ भन्दै मोटरसाइकल लिएर भागेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १९:००

२५ माघ, जनकपुरधाम। आफूलाई नेपाल प्रहरीको ‘क्राइम ब्रान्च’को मान्छे हुँ भन्दै डर, त्रास देखाएर मोटरसाइकल लिएर भागेको आरोपमा एक युवक धनुषाबाट समातिएका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ थमौनाका १९ वर्षीय टीका यादव छन् ।

यादवले आफूलाई क्राइम ब्रान्चको मान्छे भन्दै मोटरसाइकलको ब्लू बुक निकाल्न लगाई यो मोटरसाइकल चोरीको हो र अनुसन्धान गर्न प्रहरी कार्यालय लैजानुपर्छ भनेर प्रदेश-२–०२–००५ प ६९ नम्बरको मोटरसाइकल र ब्लू बुक लगेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले उनले मोटरसाइकल धनीलाई डर त्रास देखाएर २३ माघमा उक्त मोटरसाइकल लगेको बताए ।

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा मंगलबार यादवलाई पक्राउ गरिएको र उनीविरुद्ध चोरी मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?