
२५ माघ, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको फस्टलुकसहित चलचित्र ‘चिसो मान्छे’को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा तयार भएको यो चलचित्रले चिसा मानिसहरुको कथा भन्छ ।
चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापा मुख्य भूमिकामा छन् । शर्मिला पाण्डे यो चलचित्रकी निर्मात्री हुन् । चलचित्र ‘चिसो मान्छे’को निर्माणपक्षले वैशाख ३० गतेलाई प्रदर्शन मिति तय गरेको थियो । तर, यो मितिमा स्थानीय तहको चुनाव हुनेपछि चलचित्र रिलिज पोष्टपोन्ड गरिएको हो । अब यो चलचित्र आगामी वर्षको असार ३ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउनेछ ।
चलचित्र ‘बुलबुल’मा फरक भूमिका निर्वाह गरेर दर्शक र समीक्षकको साथ पाएकी स्वस्तिमाको ‘चिसो मान्छे’ लुकले नयाँ परिचय दिने देखिएको छ । उनी यो चलचित्रमा जुम्लाकी एक महिलाको भूमिकामा देखिएकी छन् ।
प्रतिक्रिया 4