News Summary
Generated by OK AI. Editorially reviewed.- गायक सज्जनराज वैद्यको आगामी गीत ‘जुनी’मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेकी छन् र यो गीत बुधबार सार्वजनिक हुनेछ ।
- वैद्यले सामाजिक सञ्जालमा गीतको टिजर सार्वजनिक गर्दै अभिनेत्री खड्कासँगको भावनात्मक सम्बन्धलाई कलात्मक शैलीमा देखाएका छन् ।
- नयाँ गीत ‘जुनी’ गायक वैद्य र अभिनेत्री खड्काबीचको पहिलो औपचारिक सांगीतिक सहकार्य हो ।
काठमाडौं । गायक सज्जनराज वैद्यको आगामी गीत ‘जुनी’मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेकी छन् । उक्त गीत बुधबार सार्वजनिक हुने भएको छ ।
सज्जनले सामाजिक सञ्जालमार्फत गीतको छोटो झलक सार्वजनिक गर्दै स्वस्तिमालाई प्रस्तुत गरेका हुन् । उनले टिजरसँगै लेखेका छन्, ‘आशाले तिम्रो नाम लेखोस्, यस्तो निश्चिततासहित कि समय र दूरी पार गरेर फेरि तिमीलाई नै भेट्न सकियोस् ।’
सार्वजनिक टिजरमा सज्जन र स्वस्तिमाबीचको भावनात्मक सम्बन्धलाई कलात्मक शैलीमा देखाइएको छ । गीतको दृश्य, संगीत र प्रस्तुतिले दर्शकमाझ उत्सुकता बढाएको छ ।
वैद्यका गीत युवापुस्तामाझ निकै रुचाइन्छन् । अर्कोतर्फ, स्वस्तिमा नेपाली चलचित्र क्षेत्रमा स्थापित र लोकप्रिय अभिनेत्रीका रूपमा चिनिन्छिन् । यी दुईको सहकार्यलाई लिएर सामाजिक सञ्जालमा प्रशंसकले उत्साहपूर्ण प्रतिक्रिया जनाइरहेका छन् ।
हालसम्म गायक वैद्य र अभिनेत्री खड्काबीच औपचारिक सांगीतिक सहकार्य भएको देखिएको छैन । ‘जुनी’ नै यी दुईको पहिलो सहकार्य मानिएको छ ।
सज्जनले यसअघि आफ्ना गीतमा विभिन्न मोडल तथा कलाकारलाई प्रस्तुत गरे पनि स्वस्तिमासँग भने पहिलोपटक काम गरेका हुन् । यही कारण पनि दर्शक तथा प्रशंसकमाझ यो सहकार्यलाई लिएर विशेष उत्साह देखिएको छ ।
प्रतिक्रिया 4