+
+
Shares

सज्जनराज वैद्यले घोषणा गरे २०२६ को अन्तर्राष्ट्रिय टूर, कहाँ-कहाँ हुँदैछ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक सज्जनराज वैद्यले सन् २०२६ को लागि अप्रिलसम्म अन्तर्राष्ट्रिय सांगीतिक टूरको घोषणा गर्नुभएको छ।
  • उनको टूर १८ फेब्रुअरीमा हङकङ, १० मार्चमा टोकियो र मार्चदेखि अप्रिलसम्म अमेरिकामा हुनेछ।
  • युएईले वैद्य र उनको ब्यान्डलाई प्रवेशाज्ञा नदिएपछि दुबईमा हुने टूर रोकिएको थियो र पुनः आयोजना मिति तय भइसकेको छैन।

काठमाडौं । गायक सज्जनराज वैद्यले सन् २०२६ को लागि अन्तर्राष्ट्रिय टूरको घोषणा गरेका छन् । यसवर्षको उनको पहिलो टूर युएईको दुबईदेखि सुरु हुने तयारीमा थियो ।

तर, युएईले वैद्यसहित उनको ब्यान्डलाई प्रवेशाज्ञा नदिएपछि उनको पूर्वनिर्धारित टूर रोकिएको थियो । अब भने, उनले अप्रिलसम्मको लागि अन्तर्राष्ट्रिय सांगीतिक भ्रमणको घोषणा गरेका हुन् ।

१८ फेब्रुअरीमा हङकङ, १० मार्चमा टोकियो र मार्चदेखि अप्रिलसम्म अमेरिकामा उनको टूर हुनेछ । ‘सन् २०२६ को पहिलो क्वार्टरको शोजहरू, उज्यालोको सहर- चेरी फूल्ने थलो- सपनाको सहर’ उनको क्याप्सन छ ।

वैद्यले यसअघि दुबईमा रोकिएको कन्टर्स पुनः आयोजना हुने प्रतिबद्धता जनाएका थिए । तर, मिति भने तय भैसकेको छैन ।

वैद्य नेपाली डायस्पोरामा सबैभन्दा धेरै सुनिनेमध्येका नेपाली गायक हुन् । स्पोटीफाईमा नेपाल बाहिरबाट धेरै सुनिने संगीतकर्मीमा उनी पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?