+
+
Shares

जापानमा पहिलोपटक ‘लाइभ कन्सर्ट’ गर्दै सज्जनराज वैद्य

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक सज्जनराज वैद्यले १० मार्चमा जापानको योयोगी राष्ट्रिय रंगशालामा पहिलोपटक लाइभ कन्सर्ट गर्ने भएका छन्।
  • वैद्यको जापान टूरमा टोकियो, नागोया, फुकुओका र ओसाका सहरमा पनि कन्सर्ट हुने आयोजकले जनाएका छन्।
  • युएईले वैद्य र उनको ब्यान्डलाई प्रवेशाज्ञा नदिएपछि पूर्वनिर्धारित टूर रोकिएको थियो।

काठमाडौं । गायक सज्जनराज वैद्यले पहिलोपटक जापानमा प्रस्तुति दिने भएका छन् । १० मार्च (२६ फागुन) मा उनले त्यहाँको योयोगी राष्ट्रिय रंगशालामा लाइभ कन्सर्ट गर्न लागेका हुन् ।

५ हजार दर्शक अटाउने उक्त रंगशालामा पहिलोपटक नेपाली समुदायको कार्यक्रम हुन लागेको हो । आयोजक जीएमटी इन्टरनेसनलले गर्ने कार्यक्रममा सहभागी हुन नेपालबाट दर्जनभन्दा धेरै कलाकार त्यहाँ जाने जनाइएको छ ।

राजधानी टोकियोबाहेक नागोया, फुकुओका र ओसाका सहरमा पनि वैद्य र उनको ब्याण्डको ‘लाइभ कन्सर्ट’ हुने विवरणमा जनाइएको छ ।

सन् २०२६ को अन्तर्राष्ट्रिय टूरको एक हिस्साअन्तर्गत वैद्य जापानमा गुञ्जिन लागेका हुन् । १८ फेब्रुअरीमा हङकङमा प्रस्तुति दिँदै यसवर्षको टूर थालेका थिए । मार्चदेखि अप्रिलसम्म अमेरिकामा उनले टूर गर्नेछन् ।

जापानमा हुने ‘लाइभ कन्सर्ट’ को टिकटमा विद्यार्थीलाई २० प्रतिशत छुट दिने आयोजकले उल्लेख गरेको छ । वैद्य नेपाली डायस्पोरामा धेरै सुनिनेमध्येका नेपाली गायक हुन् । स्पोटीफाईमा नेपाल बाहिरबाट धेरै सुनिने संगीतकर्मीमा उनी पर्छन् ।

यसवर्षको उनको पहिलो टूर युएईको दुबईदेखि सुरु हुने तयारीमा थियो । तर, युएईले वैद्यसहित उनको ब्यान्डलाई प्रवेशाज्ञा नदिएपछि पूर्वनिर्धारित टूर रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?