
२६ माघ, काठमाडौं । रियालिटी शो ‘नेपहपको श्रीपेच’ फागुन १६ गतेबाट इमेज टेलिभिजन र डी म्युजिक टीभीबाट प्रसारण हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्याप म्युजिक रियालिटी शो हो ।
कार्यक्रमका लागि ८ हजारभन्दा बढीले डिजिटल अडिसनमार्फत सहभागिता जनाएका थिए भने ६ सय जनाको विभिन्न सहरमा फिजिकल अडिसन पनि भएको थियो । अब फिजिकल अडिसनबाट छानिएका १२३ जनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । डी म्युजिक टीभीको प्रस्तुति रहेको यो शोलाई सुदीप पाेखरेल र रोशन श्रेष्ठले निर्माण गरेका हुन् ।
शो सार्वजनिक हुनुभन्दा केही हप्ता अगाडि दोस्रो प्रोमो सार्वजनिक गरिएको छ । जसमा भाइरल र्यापर ‘माइला’ पनि देखाइएको छ । प्रोमोमा मिस्टर डी, डेजेन र कविजीलाई प्रि-जजहरुको रुपमा देखाइएको छ । यस्तै यो शोको निर्णायकमा र्यापर बलेन शाह, गिरिश खतिवडा र मानस घले छन् ।
प्रतिक्रिया 4