+
+

राजस्व छलीको आरोपमा १६६ जनाविरुद्ध मुद्दा, पौने पाँच अर्ब बिगो माग

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १८:२७

२६ माघ, काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटविरुद्धको कारबाही आक्रामक बनाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा १६६ जना विरुद्ध पौने पाँच अर्ब बिगो माग दावी गर्दै ६५ थान मुद्दा विभिन्न अदालतमा बुझाइएको विभागले जनाएको छ ।

पुस मसान्तसम्म राजस्व चुहावटतर्फ ४२ थान मुद्दामा १२९ जनालाई प्रतिवादी बनाइएको र उनीहरुबाट असुल गरिनु पर्ने बिगो ४ अर्ब ६५ करोड २१ लाख ५४ हजार कायम गरिएको विभागका सूचना अधिकारी टंकप्रसाद पाण्डेयले बताए । यस्तै विभागले विदेशी विनिमय अपचलनतर्फ यो अवधिमा २३ थान मुद्दामार्फत ३७ जनालाई प्रतिवादी बनाएको छ भने उनीहरु विरुद्ध माग गरिएको बिगो रकम ७९ करोड ६२ लाख ३१ हजार छ ।

कोरोना महामारीकव बाबजुत राजस्व चुहावट, विदेशी विनिमय अपचलन र भीसीटीएस जरिबानाको कराबाहीलाई फराकिलो बनाउँदै लगिएको विभागले जनाएको छ । ‘चालु आवको ६ महिनामा राजस्व चुहावट र विनिमय अपचलन विरुद्ध ६५ वटा मुद्दा अदालतमा बुझाएका छौं,’ १६६ जना प्रतिवादी विरुद्ध चार अर्ब ७३ करोड भन्दा बढी बिगो कायम भएको छ, हामी क्षेत्रगत कारबाही बढाउन लागि परेका छौं’ सूचना अधिकारी पाण्डेयले भने ।

विभागमा ६ महिनाको अवधिमा राजस्व चुहावट बिरुद्ध ७३७ थान उजुरी परेको छ । यस्तै गत वर्षको समेत गरेर ८८५ थान मुद्दाको प्रारम्भिक अनुसन्धान सुरु गरिएका छन् भने ६२४ वटा फाइलको विस्तृत अनुसन्धान चलिरहेको विभागले जनाएको छ । विभिन्न ७५ वटा फाइलको विवरण अन्य निकायमा लेखि पठाइएको छ । विभागमा चालु आवको ६ महिनामा ४० वटा विदेशी विनिमय अपचलनको उजुरी परेको छ ।

अघिल्लो वर्षको समेत गरेर ४६ थान मुद्दाको बिस्तृत अनुसन्धान भइरहेको विभागले जनाएको छ । यस्तै, भेइकल कन्साइन्मेन्ट ट्र्याकिङ प्रणाली (भीसीटीएस) तर्फको ४१९ जरिबानामार्फत २ करोड ६४ लाख ९३ हजार राजस्व संकलन गरिएको पनि विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?