+
+

मधेश प्रदेश सरकारले ‘जनयुद्ध दिवस’ मनाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १२:१९

२७ माघ, जनकपुरधाम । मधेश प्रदेश सरकारले पहिलो पटक फागुन १ गते जनयुद्ध दिवस मनाउने भएको छ ।

विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेश बलिदानी दिवसको रूपमा मनाउँदै आएको मधेश प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस पनि मनाउने निर्णय गरेको हो ।

शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरेर दिवस मनाइने प्रदेश सरकारले जनाएको छ । पहिलो चरणमा प्रदेशको आठवटै जिल्लाका ४० सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए ।

शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?