+
+

‘अब बास्केटबल निरन्तर हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १८:५८

२७ माघ, काठमाडौं । नेपाल बास्केटबल संघ संघले पूर्वअध्यक्ष लामा टेण्डी शेर्पाको स्मृतिमा बास्केटबल प्रतियोगिता गर्दैछ । गत मंसिर ८ गते निधन भएका शेर्पाको स्मृतिमा फागुन २ देखि खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुन लागेको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले अब बास्केटबलका गतिविधिले अब निरन्तरता पाउने बताए । बास्केटबल संघले आगामी वैशाखमा फ्रेन्चाइज लिगसमेत गर्ने तयारी गरेको छ । त्यसैको तयारीस्वरुप खुला महिला तथा पुरुष प्रतियोगिता गर्न लागेको अध्यक्ष गुरुङले बताए ।

‘कोभिडले गर्दा बास्केटबल गर्न गाह्रो भयो । हाम्रो आफ्नै ठूलो अर्को इभेन्ट वैशाखमा हुँदैछ’ पत्रकार सम्मेलनमा उनले भने, ‘बास्केटबललाई भविष्यमा उचाइमा पुर्‍याउन के के गर्न सकिन्छ भनेर वार्षिक कार्यक्रमको तयारी गरिरहेका छौं ।’ गुरुङले लामा टेण्डीको स्मृतिमा अब हरेक वर्ष निरन्तर प्रतियोगिता गर्ने योजना रहेको बताए ।

बास्केटबल संघका महासचिव नरेन्द्र थापाले अब बास्केटललाई फेरि रफ्तारमा अघि बढाउने बताए । ‘यो सुरुवात हो । केही तलमाथि हुन सक्ला तर, हामी यसलाई निरन्तर गर्नेछौं’ उनले भने । थापाले भने उमेर समूहदेखि सिनियर लेभलसम्मका खेलाडीका लागि प्रतियोगिता सञ्चालन गर्ने बताए ।

१९ टिमले प्रतिस्पर्धा गर्ने

लामा टेन्डी स्मृति खुला बास्केटबलमा र महिला र पुरुषतर्फ गरी कूल १९ टिम सहभागी हुनेछन् । जसमा पुरुषतर्फ १४ टिम तथा महिलामा ५ टिमको सहभागिता रहने इभेन्ट संयोजक विकास शाहीले जानकारी दिए ।

पुरुषतर्फ लिग कम नकआउटका आधारका खेल हुनेछ भने महिलातर्फ सिंगल राउण्ड रोविन लिग गरेर शीर्ष दुई टिमले फाइनल खेल्ने शाहीले बताए । पुरुषतर्फको प्रतियोगितामा सहभागी हुन बंगलादेशी टिम पनि आउने उनले जानकारी दिए । यस्तै उपत्यका बाहिरबाट दुई टिम आउने संघले जनाएको छ ।

पुरुषतर्फ रोयल बास्केटबल एकेडेमी, गोल्डेन गेट बास्केटबल क्लब, एनसीसीएस, जेभियर इन्टरनेसनल कलेज, बीएमके, बंगलादेश नेभी टिम, च्याम्पियन सोलो, टाइम्स बास्केटबल क्लब, कीर्तिपुर नगरपालिका, ड्रिम टिम, कास्की बास्केटबल एसोसिएसन, त्रिभुवन आर्मी क्लब, शंकरदेव क्याम्पस र एचआईके भिजन सहभागी हुनेछन् ।

यस्तै, महिलातर्फ रोयल बास्केटबल एकेडेमी, नेपाल पुलिस क्लब, ललितपुर हाई, कीर्तिपुर नगरपालिका र रुपन्देही बास्केटबल एशोसिएसन छन् । पुरुष र महिला दुवैमा पहिलो हुनेले ५० हजार तथा दोस्रोले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । दुवै समूहका सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

फागुन १२ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?