+
+

एमसीसीको निर्णय सडकबाट होइन, संसदबाट गर्नुपर्छ : दीपकराज गिरी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १४:२१
कलाकार दीपकराज गिरी । फाइल तस्वीर

२८ माघ, काठमाडौं । केही वर्षदेखि नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस तीव्र रुपमा भइरहेको छ । एमसीसी पास गर्न हुन्छ वा हुँदैन भन्ने विषयमा राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्म बहसमा उत्रिरहेका छन् ।

यस विषयमा कलाकारहरुले भने आफ्नो धारणा खासै सार्वजनिक गरेको पाइँदैन । यसैबीच, कलाकार दीपकराज गिरीले आफ्नो भनाइ सार्वजनिक गरेका छन् । उनले एमसीसीको विषय सडकबाट नभएर संसदबाट गर्नुपर्ने धारणा राखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा दीपक लेख्छन्, ‘चीन पनि ठीक, अमेरिका पनि ठीक, भारत पनि ठीक, सबै छिमेकी बराबर भन्ने जस्तो लिङ्ग नखुलेको परराष्ट्र नीतिको दिन गयो अब । आफ्नो देशलाई दीर्घकालीन फाइदा जता हुन्छ, त्यहाँ स्पष्ट भएर उभिनुपर्‍यो । इतिहास हेर, हिसाब गर, स्पष्ट भइसक्यो । चीन र अमेरिका दुवैले यसलाई प्रतिष्ठाको विषय बनाएको स्पष्ट भइसक्यो । अब सिद्धान्तले के भन्छ भनेर हेर्ने होइन, सडकका कुरा सुन्ने पनि होइन । डाटा हेरेर विगतले के भन्छ ? मुलुकको भविष्य हेरेर निर्णय गर्ने हो ।’

दीपकले हामी भोकै बस्छौं, कसैको सहयोग चाहिन्नँ भन्नुको अर्थ बेअर्थको भएको पनि उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘एमसीसीको विषयमा लिङ्ग खुल्ने स्पष्ट नीति अहंकार गरेर यथाशीघ्र निर्णय गर्नुमा नै राष्ट्रको भलाइ हुनेछ । मेरो निर्णय मैले भोट हालेको सांसदले गर्नेछन् ।’

दीपकले एमसीसीको निर्णय सदनबाट नै गर्नुपर्ने बताएका छन् । ‘सडकले निर्णय गर्ने भए अरबौं खर्च गरेर देशको ढुकुटी सकेर सांसदहरु छनोट गर्नुको के मतलब ?’ उनले लेखेका छन् । दीपकले देश डुब्दा जनताका प्रतिनिधि उत्रिने पक्कै छैनन् भन्दै यसको निर्णय गर्ने अधिकार संसदलाई नै रहेको जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?