+
+

सभामुखले एमसीसी रोक्न पाउँदैनन् : ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १४:५०

२८ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका छन् ।

एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार भन्दा बाहिरको कुरा भएको बताएका हुन् ।
‘पेश नगरी रोक्छु भन्ने सभामुखको अधिकार छैन, यो उनको कर्तव्य होइन, उनले अनधिकृत ढंगले काम गर्न पाउँदैनन्’ ओलीले भने ।

यसअघि कृष्णबहादुर महरा सभामुख हुँदा पनि एमसीसीलाई अनधिकृत रुपमा रोकिएको भन्दै ओलीले संसदले एमसीसीबारे निर्णय गर्न पाउनुपर्ने बताए । ‘संसदले के गर्छ आफ्नै ठाउँमा छ । तर संसदलाई त्यो अधिकार नदिने कुरा अनधिकृत हो’ उनले भने ।

अध्यक्ष ओलीले एमसीसीका विषयमा मुलुकलाई गम्भ्ीर भूराजनीतिक द्वन्द्वमा फसाइएको बताए । उनले सत्तारुढ गठबन्धनका नेताले फरक फरक धारणा राख्ने, एमसीसी र नेपाली नागरिकसँग फरक फरक कुरा गर्ने गरिएको भन्दै आलोचना गरे ।

‘एमसीसीका अधिकारीसँग सेप्टेम्बरमा चार पाँच महिनाको समय दिए पास गर्छौं भनेर किटानी कुरा गर्छन् । यता पास गर्नै हुन्न भन्छन्’ ओलीले भने, ‘सत्ता गठबन्धनकै नेता एउटा पक्षमा बोल्छ, अर्को विपक्षमा बोल्छ । अमेरिकासँग एक खाले, अरु देशसँग अर्कै खाले कुरा गर्छ, जनतासँग एउटा कुरा गर्छ, पार्टीसँग अर्कैखाले कुरा गर्छन् । यो अत्यन्तै गैर जिम्मेवार धोकापूर्ण र दुईजिब्रे व्यवहार देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?