+
+

बैंकहरुबीच निक्षेपकाे ब्याजदर बढाउने भद्र सहमति

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १८:३६

२८ माघ, काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने सहमति गरेका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघले शुक्रबार फागुन महिनाका लागि ब्याजदर बढाउने सहमति गरेका हुन् ।

पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव चर्को क्रममा छ । कर्जाको माग निरन्तर बढिरहेको तर निक्षेप भने आउन नसकेको भन्दै बैंकहरुबीच ब्याजदर बढाउने भद्र सहमति गरिएको संघका एक सदस्यले जानकारी दिए ।

उनका अनुसार व्यक्तिगततर्फ मुद्दतिमा वार्षिक ११.०३ प्रतिशत ब्याजदर पुर्याउने सहमति भएको छ । यसअघि माघ महिनाका लागि बैंकहरुले १०.०७ प्रतिशत ब्याजदर दिने सहमति गरेका थिए । पुसमा बढाइएको ब्याजदर माघ महिनामा भने बढाइएन ।

तर फागुनमा भने एकैपटक करिब १ प्रतिशत ब्याजदर बढाउने निर्णय भएको हो । सहमति अनुसार अब वाणिज्य बैंकहरले संस्थागतमा निक्षेपमा १०.३ प्रतिशत ब्याजदर दिनेछन् । यसैगरी बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत व्याजदर दिने भद्रम सहमति भएको ति सदस्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?