+
+

प्रमोदको ‘तिमीसँग नजर जुधाइ’ पुनः रेकर्ड गरी सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १९:१८

२८ माघ, काठमाडौं । एक दशकअघि प्रमोद खरेलको स्वरमा सार्वजनिक भएर चर्चामा पुगेको ‘तिमीसँग नजर जुधाइ’ पुनः रेकर्ड गरेर सार्वजनिक गरिएको छ । सो समय भिडियो नबनेपनि श्रोताले गीतलाई रुचाएका थिए । पछि विनया निरौलाको स्वरमा गीतको फिमेल भर्सन भिडियोसहित सार्वजनिक गरिएको थियो ।

एक दशकको अन्तरपछि प्रमोदको स्वरमा रि–रेकर्ड गरेर शुक्रबार भिडियोसहित गीतको नयाँ भर्सन सार्वजनिक गरिएको हो । प्रेमसागर पौडेलको शब्द, राजन कार्कीको संगीत रहेको गीतको नयाँ भर्सनमा विशाल निरौलाको एरेन्ज छ । पहिले यो गीतलाई आशिष अविरलले एरेन्ज गरेका थिए ।

केशवराज भट्टको निर्देशनमा तयार नयाँ भर्सनको भिडियोमा रोशन केसी र प्रियाना आचार्यले अभिनय गरेका छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?