२९ माघ, काठमाडौं । स्पानिस ला लिगामा दोस्रो स्थानको सेभियाले शुक्रबार राति एल्चेलाई २-० ले पराजित गर्दै शीर्ष स्थानको रियल मड्रिडलाई पछ्याइरहेको छ । सेभियाले रियलसँगको अंकदूरी ३ मा झारेको छ ।
घरेलु मैदानमा सेभियालाई जित दिलाउन अलेजान्द्रो गोमेज र राफा मिरले दोस्रो हाफमा गोल गरे । दुवै गोल अन्तिम २० मिनेटमा भएको थियो ।
गोमेजले ७०औं मिनेटमा गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । यस्तै ७५औं मिनेटमा वैकल्पिक खेलाडी राफा मिरले गोल गरे । उनले एन्टोनी मार्सियलको पासमा गोल गरे ।
जितपछि सेभियाले २४ खेलबाट ५० अंक जोडेको छ । एक खेल कम खेलेको रियलको ५३ अंक छ । रियलले शनिवार भियारियालसँग खेल्दैछ र अंक दूरी बढाउने मौका हुनेछ ।
प्रतिक्रिया 4