+
+

तीनवटै तहको चुनावसम्म गठबन्धन रहन्छ : मन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २९ गते १५:१७

२९ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीनवटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म अहिलेको सत्तारुढ गठबन्धन कायमै रहने दावी गरेका छन् ।

सत्तारुढ माओवादी केन्द्रका नेतासमेत रहेका उनले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचिलाई अघि बढाएको पनि बताए ।

शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्मकारमा मन्त्री पौडेलले स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्ने बताए ।

‘अहिलेकै गठबन्धनले तीन वटै तहको निर्वाचन कम्प्लिट गर्छ । र, यही गठबन्धनले एक वर्षभित्रमा सबै चुनावहरु गरेर स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीय सरकार निर्वाचनको प्रक्रियाबाट नयाँ नबन्दासम्म सकुशल निर्वाचन गर्ने गरी यो गठबन्धनले आफ्नो कार्यसूची अघि बढाएको छ’ उनले भने ।

मन्त्री पौडेलले माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान चाहेको र गठबन्धन दलका शीर्ष नेताहरुबीच पनि यही सहमति भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?