+
+

तनहुँमा पृथ्वी राजमार्ग खण्डमा २२ सय रूख कटान

रासस रासस
२०७८ माघ २९ गते १९:४५

२९ माघ, तनहुँ । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि कोत्रेपुलसम्म दुई हजार २०० रूख कटान गरिएका छन् । म्याग्दे गाउँपालिकाको जामुनेदेखि जिल्लाको पश्चिम नाका शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्म सडकका दायाँबायाँ रहेका रूख कटान गरिएका हुन् ।

पृथ्वीराजमार्गको सडक विस्तार गर्ने क्रममा असर पुर्‍याएका रूख कटान गरेर हटाइएको सुपर भिजन कन्सल्टेन्सका एसिस्टेन्ड रेजिडेन्ट इन्जिनियर मोहन केसीले जानकारी दिए । करिब १२ रूख कटान गर्न बाँकी रहेका बताइएको छ । उनले भने, ‘बिजुलीको हाइटेन्सनका कारण उक्त रूख कटान गर्ने कार्य रोकिएको हो ।’ पृथ्वी राजमार्ग अन्तर्गत कास्कीमा पर्ने सडकको दायाँबायाँका पूरै रूख कटान गर्न बाँकी रहेको जनाइएको छ ।

वन कार्यालयसँग सम्झौता गरिसकिएकाले केही दिनभित्रै कटान कार्यलाई अघि बढाउने तयारी भइरहेको उनले बताए । शुक्लागण्डकीको गाछेपानीदेखि थर्पुबजारसम्म स–साना खाल्डाखुल्डी पुर्ने र नाला सफाइ गर्ने कार्य सम्पन्न भएको छ । त्यसैगरी मर्मतसम्भारअन्तर्गत गाछेपानीदेखि कोत्रेपुलसम्म कालोपत्र गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

त्यसैगरी पछिल्लो समय सडको रुट तय गर्ने र समयसमयमा मर्मत गर्नुपर्ने कार्यलाई निरन्तरता दिइँदै आएको उनले बताए । जिल्लाको खैरेनीटारदेखि पोखराको सेतीनदीसम्म (ठूला बजार) क्षेत्रमा ४६ मिटर, सडक फिलिङ गर्नुपर्ने क्षेत्रमा २३ मिटर र फराकिलो बनाउन कटिङ गर्न नमिल्ने क्षेत्रमा १८ मिटर सडक कायम गरिएको छ ।

जामुनेबाट कुम्लेखोला पुलसम्म करिब दश किलोमिटर सडकको डिजाइन गरी ठेकेदारले सुपरभिजन कन्सल्टेन्सलाई बुझाइएको कन्सल्टेन्सका रेजिडेन्ट इन्जिनियर कमल शाक्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?