+
+

आईपीएलमा छनोटमा परेनन् सन्दीप

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २९ गते २३:१४

२९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने यस वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने सम्भावना कम भएको छ ।

शनिबार सुरु भएको १५ औं संस्करणको आईपीएलको मेगा अक्सनमा लेग स्पीनर सन्दीपलाई कुनै पनि टिमले लिएनन् ।

यस पटक स्पीनरलाई कुनै पनि टिमले चासो देखाएका छैनन् । अफगानिस्तानका मोहम्मद नावी र मुजिव उर रहमान, दक्षिण अफ्रिकाका  इमरान ताहिर, अष्ट्रेलियाका एडम जाम्पा र इंग्ल्याण्डका आदिल रासिदलाई पनि कुनै टोलीले बोली लगाएन ।

११ औं सेटमा रहेका सन्दीपले आफ्नो आधार मूल्य भारु ४० लाख राखेका थिए । तर कुनै टिमले पनि सन्दीपलाई लिएनन् । अब आइतबार कुनै फ्रेन्चाइजले शनिबार अनुबन्ध नभएका खेलाडीलाई विसलिस्टबाट अक्सनमा सामेल गराउन सक्नेछन् ।

आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी रहेका सन्दीप यसअघि सन् २०१८ मा पहिलो पटक दिल्ली क्यापिटल्समा अनुबन्ध भई दुई सिजन खेले । तेस्रो सिजन भने उनले खेल्ने अवसर पाएनन् ।

दिल्लीबाट गत सिजनअघि रिलिज भएका उनलाई मिनी अक्सनमा कुनै टिमले पनि अनुबन्ध गरेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?