+
+

४ फागुनमा संसदमा टेबल हुनसक्छ एमसीसी !

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १९:४०

१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गर्न सहमत भएका छन् । स्रोतका अनुसार सभामुख अग्निप्रसाद सापकोटा पनि सहमत भएकाले सम्भवतः बुधबार ४ फागुनको बैठकमा एमसीसी टेबल हुनेछ ।

सोमबारलाई तय भएको प्रतिनिधि सभाको बैठक दुई दिन पछि सारेर फागुन ४ गते बोलाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल गर्न निरन्तर पहल गर्दै आएका थिए । तर सत्तारुढ माओवादी र एकीकृत समाजवादी सहमत भएका थिएनन् । सभामुख सापकोटाले पनि राष्ट्रिय वा सत्तारुढ गठबन्धनमा सहमति नभएसम्म एमसीसी टेबल नगर्ने अडान राख्दै आएका थिए ।

तर अमेरिकाले एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनका लागि २८ फेब्रुअरी अर्थात १६ फागुनसम्म समय दिएको छ । बिहीबार मात्र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले देउवासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर २८ फेब्रअरीसम्म एमसीसीबारे निर्णय दिन आग्रह मात्र गरेनन्, एमसीसी फिर्ता भए चिनियाँ हस्तक्षेपका कारण आफ्नो अनुदान सहयोग लिएन भनेर बुझ्ने चेतावनी दिए ।

यसले चर्को दबावमा परेका नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसी संसदमा टेबल गर्न सहमति मागेका थिए । प्रधानमन्त्री देउवाले भनेका थिए, ‘बरु तपाईंहरु त्यो दिन उपस्थित नभइदिनुस्, उपस्थित भए के गर्ने आफैं निर्णय लिनुस् । तर संसदमा टेबुल गर्नुपर्यो ।’

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट स्रोतले एमसीसीबारे कुनै सहमति नभएको बताएको थियो । तर कांग्रेस निकट स्रोतले भने एमसीसी टेबलका लागि प्रचण्ड र माधव नेपालसँगै सभामुख पनि सहमत भएको दाबी गरेको छ ।

स्रोतले भन्यो, पास गर्ने बेला प्रचण्ड, माधव नेपालहरु अनुपस्थित हुने वा के गर्ने भन्ने छलफलमै छ । तर एमसीसी टेबल गर्न दिन उहाँहरु तयार हुनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?