+
+

हाम्रो पार्टीको वैधानिकतामा प्रश्न उठाए सहन सक्दैनौं : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १५:०९

१ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टीको वैधानिकतामा प्रश्न उठाए सहन नसक्ने बताएका छन् । आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा नेता नेपालले भने, ‘हामी वैधानिक रुपमा निर्माण भएको पार्टी हौं । हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौं र सांसदको रुपमा स्विकार गर्ने स्थिति पनि बनाएका छौं । यसमाथि कसैले धावा बोल्न खोज्छ भने, औंलो ठड्याउन खोज्छ भने हामी सहन गर्दैनौं ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नेकपा एकीकृत समाजवादी पार्टी गठनको वैधानिकतामा प्रश्न उठाउँदै आएको छ । यस सम्बन्धी रिट ईश्वर कुमार खतिवडा र पेशी चढेको छ ।

कार्यक्रममा नेपालले सत्तारुढ गठबन्धन मिलेर तीन वटै तहको निर्वाचनमा जाने भन्दै निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए ।

अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूहरुले चाहेको पनि बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?