+
+

सुहानाको गुनासो- फिल्म क्षेत्रबारे सोच्ने कोही भएन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १५:०४
अभिनेत्री सुहाना थापा । फाइल तस्वीर

१ फागुन, काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ३’ रिलिज भएको तीन वर्षपछि मिडियामा देखिएकी अभिनेत्री सुहाना थापाले नयाँ चलचित्र ‘ए मेरो हजुर ४’को प्रशंसामा समय खर्चिइनन् । बरु, उनले आफू चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै परिपक्क भएको संकेत गरिन् ।

चलचित्रको गीत रिलिज कार्यक्रममा पुगेकी सुहानाले चलचित्र क्षेत्रभित्रका समस्या र राज्यले गरेको उपेक्षाबारे गुनासो गरिन् । सुहानाले भनिन्, ‘चलचित्र क्षेत्रलाई बचाउन देश नै राम्रो हुनुपर्छ । देश राम्रो भयो भने सबै कुरा राम्रो हुनुपर्छ । हामीले शे-फोक्सुन्डो तालमा गएर दुःखका साथ चलचित्र खिचेका छौं । तर यो कसरी खिचियो र कति खर्च भयो भन्ने बारेमा कसैलाई पनि चासो छैन । राम्रो काम गर्नेलाई सरकार र चलचित्र क्षेत्रले नै गम्भीर रुपमा लिनुपर्‍यो ।’

सुहानाले चलचित्र क्षेत्रलाई कसैले पनि गम्भीर रुपमा नलिएको बताइन् । उनले अगाडि भनिन्, ‘यहाँ सबै कुरा एक जना व्यक्तिको गोजीबाट नै निस्लिएको छ । सरकारबाट त राहतको कुनै कुरा नै आएको छैन । एक्लै कुनै पनि काम गर्न सकिंदैन ।’

सुहानाले थपिन्, ‘कोरोनाका कारण हामी दुई वर्षभन्दा बढी घरमा नै बस्यौं । यो बीचमा हामीलाई कसैले सहयोग गर्छौं भनेर आएको देख्न पाइएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?