+
+

थप ५२१ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १६:३०

१ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२१ र चार हजार ७८ एन्टिजेन परीक्षणमा ९४ जना गरी ५२१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको संक्रमण दर करिब ७ प्रतिशत रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ भने तीन हजार ९३५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ९७, ललितपुरमा ४४, मोरङमा ४०, कास्कीमा ३६, झापामा २३, सुनसरीमा १३ र रुपन्देहीमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?