+
+

२७३ जनाको विज्ञापनमा ५५ हजारभन्दा बढीको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १९:१६

१ फागुन, विराटनगर । प्रदेश-१ लोकसेवा आयोगले पहिलो पटक खुला गरेको २७३ पदको विज्ञापनमा ५५ हजार जनाले आवेदन दिएका छन् । प्रदेश लोकसेवा आयोगले स्थानीय तहका लागि सहायक चौथो र पाँचौं तहका कर्मचारी माग गरेको थियो ।

गत पुस ५ गते प्रकाशित विज्ञापनमा २७३ कर्मचारी माग गरेकामा ५५ हजारभन्दा बढीले आवेदन दिएपछि आयोगलाई परीक्षा सञ्चालन गर्न सकस परेको छ ।

विराटनगरमा ११ हजार जनाका लागि मात्र परीक्षा सञ्चालन गर्न सकिने अध्यक्ष उत्तमकुमार भट्टराई बताउँछन् । विराटनगरमा सम्भव नभए सुनसरीका विद्यालय र क्याम्पसमा परीक्षा सञ्चालन गरिने उनको भनाइ छ ।

आयोगले सहायक पाँचौ तहका लागि खुला तर्फ १५१ र आन्तरिक प्रतिस्पर्धामा २२ जनाका लागि विज्ञापन खुलाएको थियो । सहायक चौथो तहमा १‍‍०० कर्मचारी माग गरेको थियो ।

पहिलो पटक खुला गरेको अप्राविधिक तर्फको विज्ञापनबाट छनोट भएका कर्मचारी स्थानीय तहमा खटिनेछन् । यसअघि प्रदेश लोकसेवा आयोगले कृषि, भेटनरी, शिक्षा प्राविधिक, इन्जिनियरिङलगायत प्राविधिक तहका लागि विज्ञापन खुलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?