+
+

हिउँ खेल्ने क्रममा वेपत्ता दुई किशोर १० दिनपछि मृत अवस्थामा फेला

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १९:४०

१ फागुन, गोरखा । हिउँ खेल्ने क्रममा वेपत्ता भएका बारपाकका दुई किशोर मृत अवस्थामा फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ तिम्रास्थित डाँडाको खोचमा आइतबार उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ ।

हिउँ खेल्न भन्दै माघ २० गते बारपाक सुलिकोट गाउँपालिका-१ का साइला भन्ने सञ्जय घले र बारपाक सुलिकोट-२ का करण घले लाप्राक गएका थिए । सोही दिनदेखि उनीहरू सम्पर्कविहीन थिए ।

२३ गते आफन्तले खोजी कार्यका लागी भन्दै प्रहरीमा निवदेन दिएपछि स्थानीयको सहयोगमा प्रहरीले खोजी कार्य सुरु गरेको थियो । ‘सुरुका केही दिन बाटो बिराएर अन्तै पुगेको वा आफन्तकोमा गएको होला भनेर परिवारका सदस्यहरू पर्खेर बस्नुभएछ,’ डिएसपी प्रकाश दाहालले भने, ‘तर, फर्केर नआएपछि हामीलाई खबर गर्नुभयो अनि खोजी कार्य सुरु गर्‍यो ।’ खोजी गर्दै जाने क्रममा आइतबार साँझ करिब पाँच बजे उनीहरू मृत अवस्थामा भेटिएको उनले बताए ।

‘घटनाको प्रकृति हेर्दा हिउँ खेल्ने क्रममा उनीहरु चिप्लिएर खोचमा पुगेको र माथि आउन नसकेर त्यही मृत्यु भएको देखिन्छ ।’ डिएसपी दाहालले भने । उनीहरूको शव खोचबाट बाहिर निकालिएको र थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी अधिकृतसहितको टोली पठाइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?